Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

आज थप १०३ जनामा कोरोना संक्रमण पुष्टि


1K
Shares

आज थप १०३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, ७ वैशाख । पछिल्लो २४ घण्टामा थप १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार ६४५ नमूना मध्‍य ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र १ हजार १८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जना गरी १०३ जनामा कोरोना सक्रमण देखिएको हो ।

यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९७ जना पुगेको छ भने संस्थागत आइसोलेशनमा २६ जना, आईसीयूमा ८ र भेन्टिलेटरमा ३ जना उपचाररत छन्।

यस्तै कोरोना संक्रमणबाट आज मात्र ६१ जना निको भएर घर फर्किएका छन् । संक्रमण बढेसँगै स्वास्थ्य मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाउन सबैमा आग्रह गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology