Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अजिरकोट गाँउपालिकाको उत्कृष्ट लागो बनाउनेलाई २५ हजार पुरस्कार


1.7K
Shares

अजिरकोट गाँउपालिकाको उत्कृष्ट लागो बनाउनेलाई २५ हजार पुरस्कार

गोरखा, ७ वैशाख । अजिरकोट गाँउपालिकाले आफ्नै लोगो बनाउने भएको छ । गाँउपालिकाले आज (बिहीबार) एक सूचना जारी गर्दै ‘दिगो बिकास हाम्रो सोच, सुन्दर, शान्त समृद्ध अजिरकोट’ भन्ने नारासहित छुट्टै लोगो डिजाइन गर्न लागिएको गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवराज अवस्तीले जानकारी दिनुभयो । गाँउपालिकाको उत्कृष्ट लागो बनाउनेलाई करसहित २५ हजार पुरस्कार प्रदान गरिने उहाँले बताउनुभयो ।

लोगोमा गाँउपालिकाको नाम र नेपालको झण्डा अनिवार्य रुपमा हुनु पर्ने सूचनामा उल्लेख गरिएको छ । अन्य गाँउपालिकाको लोगो भन्दा भिन्न मौलिक डिजाइनयुक्त समग्र गाँउपालिकाको भौगोलिक, प्राकृतिक, संस्कृतिक तथा सामाजि, पहिचान, भाव, विशेषता झल्कीने खालको हुनु पर्नेछ । लोगोमा कुनै पनि जातिय विभेद, साम्प्रदायिकता, सार्वभौमिकता, राष्ट्रिय एकता र अखण्डतामा आँच आउने संकेत राख्न नपाइने प्रमुख प्रशासकीय अधिकृत अवस्तीले बताउनुभयो ।

उहाँका अनुसार डिजाइन कर्ताले लोगोमा प्रयोग भएका रङ्ग, शब्द र चित्रहरुले अभिव्यक्त गर्ने अर्थ नेपाली नागरिकताको प्रमाण पत्रको प्रतिलिपीसहित लोगोको डिजाइन पेश गरेको निवेदन गाँउपालिकालाई बुझाउनु पर्ने बताउनुभयो । डिजाइन कर्ताले बनाएको लोगोको सफ्ट कपी प्रशासन शाखामा प्रत्यक्ष पेश गर्न सकिने वा गाँउपाकिाको इमेल ajirkotm@gmail.com  मार्फत पनि पठाउन सकिनेछ । स्वीकृत लोगोको सर्वाधिकार गाँउपालिकामा रहने भएकाले डिजाइन कर्ताले अन्यत्र प्रयोग गर्न नपाइने सूचनामा उल्लेख गरिएको छ ।

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology