Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

उत्तरी गोरखामा आजदेखि चुम शताब्दी श्याग्या महोत्सब ‘२०८०’ सुरु


1.4K
Shares

उत्तरी गोरखामा आजदेखि चुम शताब्दी श्याग्या महोत्सब ‘२०८०’ सुरु

गोरखा, ६ बैशाख (रासस) । उत्तरी गोरखाको चुमनुव्री गाँउपालिकामा आजदेखि ‘चुम शताब्दी श्याग्या महोत्सब २०८०’ सुरु भएको छ । ‘अहिंसा अभियान, चुमबासीको पहिचान’ भन्ने नाराका साथ प्रकृति र संस्कृतिको संरक्षणका लागि महोत्सवको सुरु भएको चुम शताब्दी श्याग्या महोत्सव २०८० मूल समारोह समितिका अध्यक्ष तथा चुमनुव्री गाउँपालिका अध्यक्ष निमा लामाले जानकारी दिनुभयो ।

चुमनुब्री गाउँपालिका–७ छेकम्पार स्थित राजेन गुम्बामा सुरु भएको महोत्सवको एक कार्यक्रममा विच प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले आज उद्घाटन गर्नुभएको हो । प्रधानमन्त्री दाहाल महोत्सव उद्घाटनका लागि हेलिकप्टर चढेर उत्तरी गोरखा पुग्नु भएको हो । चुम क्षेत्रको चिनारी, निरन्तरता, प्रचार–प्रसार तथा जैविक विविधता संरक्षणमा योगदान पु¥याउने उद्देश्यका साथ आयोजना भएको महोत्सव ३ दिनसम्म सञ्चालन हुने अध्यक्ष लामाले जानकारी दिनुभयो ।

बि.स १९७७ को वुद्धजयन्ती अवसरमा अवतारी लामा सेराप दोर्जेले आफ्नो तपोभूमि चुम उपत्यकाका बासिन्दालाई अहिंसात्मक सिद्धान्तको पालना गर्ने गरि सामुहिक प्रतिवद्धता गराउनु भएको र त्यस समयदेखि नै चुमवासीले चुम उपत्यकालाई अहिंसात्मक क्षेत्र घोषणा गरेका थिए । अहिंसा क्षेत्र भएकाले त्यहाँ कुनै प्रकारको काटमार हुदैन । महोत्सबले चुमबासीहरुको सामाजिक साँस्कृतिक एकतालाई थप मजबुत बनाउनुका साथै प्राकृतिक तथा संस्कृति संरक्षणमा सहयोग पुु¥याउने र सामूहिक प्रतिवद्धतालाई अझ बलियो बनाउने बिश्वास व्यक्त अध्यक्ष लामाको छ ।

महोत्सवमा शान्तिदिप प्रज्वलन, र चुम उपत्यका स्थानीय समुदायद्धारा हस्ताक्षर गरी अहिंसा क्षेत्रलाई निरन्तरताका लागि प्रतिबद्धता जनाउने कार्यक्रम रहेको अध्यक्ष लामाले जानकारी दिनुभयो । भोली बैशाख ७ गते दोस्रो दिन शान्तिको पदयात्रा, धर्म गुरुबाट क्षमापूजा, बौद्धका प्रवचन र साँस्कृतिक कार्यक्रम हुने उहाँको भनाई छ ।

महोत्सवकै अवसरमा सो क्षेत्रमा वृक्षारोपण गर्ने, पर्सी बैशाख ८ गते प्रकृती र संस्कृति संरक्षण गरि प्रमुख लब्राङ लामावाट ऐतिहासिक नाराक छ्याम् लाखे नाँच प्रर्दशनी सहित स्थानीय र परम्परागत खेलकुद कार्यक्रम सञ्चालन हुने अध्यक्ष लामाले बताउनुभयो । त्यस्तै महोत्सवको अन्तिम दिन बैशाख ९ गते परम्परागत घोडेजात्रा, स्थानीय सँस्कृति कार्यक्रमहरुको प्रर्दशनी गरी चुम श्याग्या शताब्दी महोत्सबको समापन गरिने उहाँको भनाई छ ।

मेलामा पालिका भन्दा बाहिरबाट एक हजारबढी महोत्सव अवलोकनका लागि चुमउपत्यका पुग्ने आयोजकले अपेक्षा गरेको छ । पर्यटक आउजाउ गरिरहने क्षेत्र भएकाले महोत्सवका हेर्न आउनेहरुका लागि खान र बस्न होटलको राम्रो सुविधा रहेको आयोजकले जनाएको छ । होटलमा बास नपुगे खानपान र बासस्थानका लागि होमस्टेको राम्रो ब्यबस्था रहेको उहाँले बताउनुभयो ।

महोत्सव सम्पन्न गर्न लागि करिब १ करोड ५० लाख रुपैया खर्च लाग्ने अनुमान गरिएको छ । अहिलेसम्म करिब ४५ लाख रुपैया संकलन गरिएको मूल समारोह समितिका अध्यक्ष लामाले जानकारी दिनुभयो । चुम उपत्यकामा हरेक वर्ष करिब १५ सय भन्दाबढी विदेशी पर्यटक पुग्छन् । नेपाली पर्यटक पनि चुम उपत्यका पुग्ने क्रम पछिल्लो समय बढ्दै गएको उहाँले बताउनुभयो ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology