काठमाडौं– गृह मन्त्रालयले बिभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ)हरुको सरुवा गरेको छ । गृह मन्त्रालयले कास्की, धनुषा, सिन्धुली, नवलपरासी पश्चिम, उदयपुर, पाँचथर, सिराहा, मकवानपुर, अछाम, धनकुटा, बारालगायत जिल्लाका सीडीओको सरुवा गरेको हो ।
कास्कीका प्रमुख जिल्ला अधिकारी रमेश कुमार केसी अध्यागमन विभागको महानिर्देशकको रुपमा सरुवा हुनु भएको छ भने कास्कीमा गृह मन्त्रालयका सहसचिव ज्ञान प्रसाद ढकाल नयाँ सीडीओ भएर कास्की जानु हुने भएको छ ।
यस्तै, बाराका प्रमुख जिल्ला अधिकारी फणिन्द्र मणि पोखरेलेको गृह मन्त्रालयमा सरुवा गरिएको छ भने उहाँको ठाउँमा उपसचिव रुद्र प्रसाद पण्डितलाई कायममुकायम सीडीओको जिम्मेवारी दिएर सरुवा गरिएको हो ।
यस्तै, धनुषाका प्रमुख जिल्ला अधिकारीको कारागार व्यवस्थापन विभागको महानिर्देशकका रुपमा सरुवा हुनु भएको छ भने उहाँको ठाउँमा सहसचिव कोश हरि निरौलाको सरुवा भएको गरिएको गृह मन्त्रालयले जानकारी दिएको छ ।