Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने


882
Shares

पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने

गोरखा, ३ बैशाख । गोरखाको पालुङटार नगरपालिकालाई औद्योगिक क्षेत्रका रूपमा विकास गरिने भएको छ। पालुङटार नगरपालिकाको आगामी आर्थिक वर्ष २०८०/८१ को आर्थिक नीति, कार्यक्रम तथा बजेट साथै भू–वर्गीकरण कार्यक्रम तर्जुमाको विषयमा शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा केन्द्र र प्रदेश सरकारको सहकार्यमा पालुङटारको अवण्डादेखि बगरसम्मको क्षेत्रलाई विशेष औद्योगिक क्षेत्रका रूपमा विकासका लागि आवश्यक प्रक्रिया अगाडि बढाइने बताइएको हो।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हितराज पाण्डेले जनताको चाहना र आवश्यकतालाई समावेश गरेर आगामी आवको बजेट तर्जुमा गर्नुपर्ने बताउनुभयो। पालुङटारमा सञ्चालन गरिने ठूला विकासका आयोजनालाई केन्द्रीय सरकारको सहयोग हुने पनि उहाँले बताउनुभयो। गण्डकी प्रदेशका सभामुख कृष्ण धितालले उत्पादनमूलक क्षेत्रमा बजेट विनियोजन गर्न आग्रह गर्नुभयो।

नेपाली कांग्रेसका नेता एवम् गण्डकी प्रदेशका सांसद सुरेन्द्रराज पाण्डेले पालुङटार नगरपालिकाभित्रका प्रमुख पर्यटकीय गन्तव्य पहिचान गरी पर्यटन विकास गर्नुपर्ने बताउनुभयो। नगरपालिकाभित्र भू–वर्गीकरण वैज्ञानिक ढंगले गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । विपद व्यवस्थापन विज्ञ डाक्टर कृष्णचन्द्र देवकोटाले पालुङटारभित्रको भू–वर्गीकरण गर्दा विपदको बाटोलाई प्राथमिकता दिनुपर्नेमा बताउनुभयो।

पालुङटार नगरपालिकाका प्रमुख विवश चिन्तन र उपप्रमुख बन्दना पाण्डेले नगरपालिकाले निश्चित समयमा नीति तथा कार्यक्रम निर्माण गर्ने, बजेट बनाउने र कार्यान्वयन गर्ने बताउनुभयो। पालुङटारको विकासमा केन्द्र र प्रदेश सरकारको सहयोग आवश्यक रहेको पनि उहाँहरूले बताउनु भएका थिए। नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारीले चालु आर्थिक वर्ष पालुङटार नगरपालिकाले ८० प्रतिशतभन्दा बढी बजेट खर्च गरिसकेको जानकारी दिनुभयो। रासस

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology