Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

२०८० सालको पहिलो कारोबार दिन सुनको मूल्य ८ सयले घट्यो


770
Shares

२०८० सालको पहिलो कारोबार दिन सुनको मूल्य ८ सयले घट्यो

काठमाडौं, ३ बैशाख । २०८० सालको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख १० हजार रुपैयाँमा कारोबार भइरहेको छ।

गत कारोबार दिन अर्थात् बिहीबार छापावाल सुन प्रतितोला एक लाख १० हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। बिहीबारको तुलनामा आज सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँ घटेको हो।

आइतबार तेजाबी सुन भने प्रतितोला एक लाख ९ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आइतबार चाँदीको मूल्य भने स्थिर छ। आज चाँदी प्रतितोलाई १४ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology