काठमाडौं, १ बैशाख । नेपालमा कोरोना भाइरसका एकैदिन १३६ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १९७ पीसीआर परीक्षणबाट ३४ संक्रमित पाइएका हुन् । यो कूल परीक्षणको १७.२६ प्रतिशत हो ।
त्यस्तै १ हजार २२७ एन्टिजेन परीक्षणबाट १०२ संक्रमित पाइएका हुन् । शुक्रबार ६८ जना संक्रमणमुक्त भएका छन् । खोप लगाउने संख्या भने बढेको छ । एकैदिन ६४ हजार ८५७ जनाले खोप लगाएका छन् । पीसीआरबाट सक्रिय संक्रमित हुनेको संख्या ४०१ रहेको छ । एन्टिजेनबाट संक्रमितको गणना भने मन्त्रालयले राख्ने गरेको छैन ।
उपत्यकामा पनि संक्रमित बढ्ने क्रम चलिरहेको छ । होम आइसोलेसनसँगै अस्पतालमा भर्ना हुनेको संख्या बढेको छ । संस्थागत आइसोलेसनमा ३२, आईसीयूमा ११ तथा भेन्टिलेटरमा ३ जना रहेका छन् ।