गोरखा, २९ चैत । नेकपा एमालेका उपाध्यक्ष सुरेन्द्र पाण्डेले देश बदल्न अब एजेण्डा बदल्नु पर्ने बेला आएको बताउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन गोरखाको ४४ औ अघिबेशन उद्घाटन कार्यक्रमलाई आज सम्बोधन गर्नुहुदैँ उहाँले साच्चै राजनीतिक दलहरुले देश बदल्ने हो भने सवैले पार्टीको एजेण्डा बदल्नु पर्ने बेला बताउनुभयो ।
उहाँले अहिले चर्चा भएजस्तो नेपालको अथतन्त्र खराब अबस्थामा पुगि नसकेको बताउनुभयो । ‘अर्थतन्त्रको अबस्था खराब म देखिन्छ, उहाँले भन्नुभयो, अर्थतन्त्र बिग्रियो भन्ने भन्दापनि मान्छेको आबश्यकता र चाहाना बढेको हो ।’ उपाध्यक्ष पाण्डेले शिक्षामा लगानी बढाउन सकेमात्र देशको बिकास र सम्बृद्धि छिटो हुने बताउनुभयो ।
उहाँले देशमा गणतन्त्र आइसकेपछि परिस्थिती बदलिएको भन्दै दलहरुको पनि अब पुराना एजेण्डा बोकेर हिडेर देशलाई नयाँ ठाउँमा पु¥याउन नसकिनेमा जोडदिनुभयो । उपाध्यक्ष पाण्डेले नेपालको राजनीतिक परिवर्तनको आधारशिला शिक्षक भएको भन्दै अब शिक्षकहरुले देशको शिक्षा क्षेत्रमा आमूल परिवर्तनका लागि लाग्नुपर्ने बताउनुभयो ।
‘जसले ज्ञानमा लागनी गर्न सक्यो त्यहीँ अगाडी आउने रहिछ, उहाँले भन्नुभयो, ‘शिक्षामा लागनी बढाउने र गुणस्तर बढाउने तर्फ शिक्षक संगठनका नेताहरु लाग्नुपर्छ ।’ उपाध्यक्ष पाण्डेले आफू अर्थमन्त्री रहदा बिधालयमा बालिकाहरुका लागि अनिबार्य सेनेटरी प्याडको व्यवस्था गरेको तथा शिक्षामा १७ प्रतिसत बजेट बिनियोजन गरेको बताउनुभयो । (रासस)