Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ


1.4K
Shares

गोरखामा जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादी पक्राउ

गोरखा, २९ चैत । जिल्ला प्रहरी कार्यालय गोरखाले जबरजस्ती करणी मुद्दाका एक फरार प्रतिवादीलाई पक्राउ गरेको छ । जबरजस्ती करणी मुद्दाको अनुसन्धानको सिलसिलाका क्रममा फरार रहेका रोल्पा साबिक लिवाङ गा.वि.स. वडा नम्बर १ पाङघर भएका २० बर्षिया प्रसाते बि.क.लाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक (डिएपी) लिलाराज लामिछानेले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय बागलुङबाट पत्राचार पछि खोजी गर्ने क्रममा बि.कलाई ईलाका प्रहरी कार्यालय जौबारी गोरखाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । उनलाई गोरखा बारपाक सुलिकोट गाउँपालिका वडा नं.४ सौरपानीबाट पक्राउ गरिएको डिएसपी लामिछानेले बताउनुभयो ।

पक्राउ परेका बि.कलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय बागलुङ पठाईएको उहाँले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology