काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई सातै प्रदेशका प्रदेश प्रमुखहरुले भेट गरेका छन्। प्रचण्डको निजी सचिवालयका अनुसार भेटका अवसरमा अहिले प्रदेशको मुल समस्या कसरी हल गर्न सकिन्छ भन्ने समस्या प्रचण्डलाई सुनाएको बताएको छ । प्रदेश प्रमुख कार्यालयमा भएका समस्याहरुको बिषेश रुपमा कुराकानी भएको सचिवालयले बताएको छ ।
भेटमा प्रचण्डले प्रदेश प्रमुखहरुलाई प्रदेश कार्यालयमा भएका समस्याहरुबारे पार्टी र सरकारमा छलफल गरेर समस्याको हल गर्न प्रयत्न गर्ने बताउनु भएको थियो । प्रदेश प्रमुखलाई संघीय सरकारका प्रतिनिधिका रुपमा प्रदेशमा पठाइएको हो ।