गोरखा, २८ चैत्र । गोरखाको बारपाक सुलिकोट गाउँपालिका वडा नम्बर –४ सौरपानी टुकराङको एक घरमा आगालागी भएको छ । टुकराङ बस्ने ५३ वर्षीय शेरबहादुर बरामको घरमा सोमबार दिउँसो आगलागी भएको हो ।
बरामको घरमा आगालागी हँदा १८ लाख ५० हजार बरावरको क्षति भएको जिल्ला प्रहरी कार्यालय गोरखाले जानकारी दिएको छ । किराना पसल समेत सञ्चालन गर्दै आउनुभएका बरामको २ तले घर जलेर पुर्ण रुपमा नष्ट भएको गोरखा प्रहरीले बताएको छ ।
आगलागीबाट लत्ताकपडा, नगद अन्नपात तथा सुनचाँदी, जलेर करिब १८ लाख ५० हजार रूपैयाँ बराबरको क्षती भएको छ । के कति कारण आगलागी भएको हो भन्ने बारेमा अनुसन्धान गरीरहेको प्रहरीले जनाएको छ ।