Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आदीबासी जनजाती पत्रकार संघ गोरखाको अध्यक्षमा बराम


2.8K
Shares

आदीबासी जनजाती पत्रकार संघ गोरखाको अध्यक्षमा बराम

गोरखा, २७ चैत । नेपाल आदीबासी जनजाती पत्रकार महासंघ गोरखा शाखाको अध्यक्षमा पत्रकार मेलिना बराम सर्वसम्मत चयन हुनुभएको छ । गोरखा सदरमुकाममा आज सम्पन्न भएको आदीबासी जनजाती पत्रकारहरुको भेलाले बरामलाई अध्यक्षमा चयन गरेको निवर्तमान अध्यक्ष कैलासबाबु श्रेष्ठले जानकारी दिनुभयो ।

भेलाले समितिको उपाध्यक्ष सुदिप श्रेष्ठ, सचिवमा केशव गुरुङ, कोषाध्यक्ष मनोज श्रेष्ठ चयन हुनुभएको उहाँले बताउनुभयो । त्यस्तै सदस्यहरुमा लक्ष्मी श्रेष्ठ, संगीत चेपाङ, बिबर गुरुङ चयन हुनुभएको उहाँले बताउनुभयो । अध्यक्ष बराम रेडियो मनासलु १०३.९ मेगाहर्जको समाचार बाचीका तथा नागरीक सवाल डटकम अनलाइनमा समेत कार्यरत हुनुहुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology