Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रिय संक्रमित


952
Shares

थप ५५ जनामा कोरोना संक्रमण, ३९६ जना संक्रिय संक्रमित

काठमाडौं, २६ चैत्र । पछिल्लो २४ घण्टामा थप ५५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार १ हजार २१६ नमूनामध्‍ये ६७१ जनाको पीसीआर परीक्षण गर्दा ५० जना र ५४५ जनाको एन्टीजेन परीक्षण गर्दा ५ जना गरी ५५ जनामा कोरोना सक्रमण देखिएको हो । यस्तै कोरोनाको संक्रिय संक्रमितको संख्या ३९६ जना पुगेको छ ।

काठमाडौं उपत्यकामा १९ जना कोरोना संक्रमितहरु छन् भने संस्थागत आइसोलेशनमा १३ जना छन् । यस्तै ७ जनाको आईसीयूमा राखेर उपचार भइरहेको छ भने ४ जनालाई भेन्टीलेटरमा राखिएको मन्त्रालयले जनाएको छ ।

शुक्रबार मात्रै कोरोनाबाट ११ जना निको भएर घर फर्किएका छन् । यसअघि शनिबार ६४ जनामा कोरोना संक्रमण देखिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology