गोरखा, २६ चैत । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को भातृसंगठन दलित मूक्तिमोर्चाको जिल्ला समन्वय समिति गोरखाको बैठक शनिबार सम्पन्न भएको छ । यहीँ चैत २९ र ३० गते हुन लागको मोर्चाको प्रदेश सम्मेलनको तयारीका लागि बैठक बसेको हो । बैठकमा माओवादी केन्द्र गोरखाका इन्चार्ज तथा पार्टी केन्द्रीय सदस्य अमर तमुले जातिय मोर्चालाई शसक्त बनाएर अघि बढाउन सकेमात्र पार्टी संगठन बलियो सुदृढ हुने बताउनुभयो ।
उहाँले माओवादी केन्द्र संविधानको रक्षाका लागि नयाँ गठबन्धनका साथ अघि बढेको भन्दै मोर्चाले आफ्नो समुदाय स्तरमा पु¥याउनु पर्नेमा जोडदिनुभयो । इन्चार्ज तमुले माओवादीले लडेर ल्याएको आदीबासी जनजाती, दलित, मुस्लिम, महिला तथा पिछडिएका बर्ग समुदायको अधिकार खोस्ने प्रत्यन प्रतिगमनकारी शक्तिहरुबाट भइरहेको भन्दै सचेत हुन आग्रह गर्नुभयो ।
बैठकमा पार्टीका प्रदेश समिति सदस्य तथा दलित मूक्तिमोर्चाको गण्डकी प्रदेश सहसंयोजक दिलबहादुर सेन्चुरी, केन्द्रीय आयोजक समिति सदस्य रेशम बि.क, जिल्ला समन्वय समितिका उपप्रमुख लिला परियार लगायतको आतिथ्यता रहेको थियो । मोर्चाका जिल्ला संयोजक गोपाल बराइलीको अध्यक्षता बैठक सम्पन्न भएको हो ।
बैठकले सुकबहादुर नेपालीलाई मोर्चाको जिल्ला सचिवको जिम्मेवारी दिने निर्णय गरेको छ । आगामी प्रदेश सम्मेलनमा गोरखाबाट प्रत्येक पालिका ३ जना र नगरपालिकाबाट ५ जना प्रतिनिधि सहभागी पाउने केन्द्रीय आयोजक समितिका सदस्य रेशम बि.कले जानकारी दिनुभयो ।