गोरखा, २५ चैत । नेवाः देय् दबू भिमसेनथापा गाँउपालिकाको अध्यक्षमा रामकुमार श्रेष्ठ निर्वाचित हुनु भएको छ । ‘सम्पूर्ण नेवार एक होऔं, भाषा कला संस्कृतिको संरक्षण गरौं ’ भन्ने नाराका साथ नेवाः देय् दबू भिमसेनथापा गाउँपालिकाको प्रथम साधारण सभा तथा प्रथम अधिबेशनले नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनले श्रेष्ठको अध्यक्षतामा पाँच जना पछि थप गर्ने गरी १९ सदस्ययी कार्यसमिति गठन गरेको छ । समितिको बरिष्ठ उपाध्यक्षमा कृष्ण श्रेष्ठ, उपाध्यक्ष गणेशमान शाक्य, महिला उपाध्यक्ष निरुमाया श्रेष्ठ, सचिब बिपिन श्रेष्ठ, महिला सचिब कल्पना श्रेष्ठ, कोषाध्यक्ष हरिकुमार श्रेष्ठ चयन भएका छन् ।
यस्तै सदस्यहरुमा क्रमश राम बहादुर श्रेष्ठ, हिरा श्रेष्ठ, तेज प्रसाद श्रेष्ठ, रामकुमार श्रेष्ठ, बिमलराज शाक्य, केशर कुमार श्रेष्ठ र चन्दन कुमार श्रेष्ठ चयन भएका हुन् । पालिका भित्रका सबै वडाको प्रतिनिधित्व हुने गरी कार्यसमिति बनाएको अध्यक्ष श्रेष्ठले जानकारी दिनुभयो ।
वडा नं. २ मा नेवार समुदाय नरहेको तथा ३ मा भने नेवार रहेको भएता पनि गुठी समूह गठन नगरिएको जानकारी प्राप्त भएकाले कार्यसमितिमा समावेश नगराएको उहाँले बताउनुभयो ।