काठमाण्डौ २ चैत । नायिका आँचल शर्माको आफ्नो बिहे पार्टी १६ लाख रुपैयाको लेहेंगा लगाएकी पछि उनको चर्चा चलेको छ । शनिबार बेलुकी भव्य बिहे भोज आयोजना गरेका नायिका आँचल शर्मा र डाक्टर उदिप श्रेष्ठले बिहिबार बिहे गरेका थिए ।
यतिबेला, सामाजिक संजालमा आँचलको पहिरनको चर्चा सुरु भएको छ । नायिका आँचल शर्माले पार्टीका लागि मात्र १६ केजीको लेहेङ्गा लगाएकी थिइन् । यो लेहेङ्गालाई भारतका चर्चित डिजाइनर सव्य साँची मुखर्जीको टिमले डिजाइन गरेको हो । यो पहिरन डिजाइनको सुरुवात २ महिना अगाडिदेखि नै गरिएको हो । यो लेहेङ्गाको मुल्य १६ लाख रुपैयाँ रहेको बताइएको छ ।
नायिका आँचल शर्माले भनिन्‘सव्य साँची मुखर्जीको ब्रान्ड भारतमा निकै चर्चित छ । नायिका दीपिका पादुकोण, प्रियंका चोपडाले पनि उनकै डिजाइनको पहिरन बिहेमा लगाएका थिए । यसैले पनि ब्रान्डका कारण पनि यो महंगो पर्न गएको हो ।’ उक्तपहिरनको डिजाइनको समयमा आँचल र उदिप ४ पटक भारत गएका थिए ।
आँचलले भनिन्–‘यो सबै हातले नै बुनिएको हो । यो पहिरन कहिले पनि खुइलिदैन ।’ १६ केजीको भएका कारण पनि पार्टीमा आँचललाई हिड्न सहज भएको थिएन । आँचल भन्छिन्–‘१६ केजीको लेहेङ्गा लगाउँदा मलाई अप्ठ्यारो भएको थियो ।’
यस्तै, नायिका आँचल शर्माले शनिबार बिहे पार्टीमा करिब ६० लाख हारहारीको गहना लगाएकी थिइन् । आँचलले यो कुराको पुष्टी गरेकी छिन् । अ उनले भनिन्– ‘मैले पार्टीमा लगाएका गहना सबै हिराका हुन् । यसैले पनि महंगो पर्न गएको हो ।’
आँचलको लेहेङ्गाको आइडिया भने उदिपले नै जुराएका हुन् । आँचल भन्छिन्– ‘जिन्दगीमा एक पटक बिहे हुन्छ । हामीले यादगर बनाउनका लागि आफूले सकेको हरेक कोणबाट विशेष गर्ने कोशिश गरेका थियौं ।’