Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

‘प्रसाद २’ रोकिंदा अन्तर्राष्ट्रिय बुकिङ प्रभावित


1.2K
Shares

‘प्रसाद २’ रोकिंदा अन्तर्राष्ट्रिय बुकिङ प्रभावित

काठमाडौं,२४ चैत्र । सबै कुरा ठीकठाक भएको भए फिल्म ‘प्रसाद २’ शुक्रबारदेखि नेपालसहित डायस्पोरा बजारमा रिलिज हुने थियो । तर आर्थिक लेनदेनसम्बन्धी विवादमा अदालतले प्रदर्शन रोक्न आदेश दिएपछि फिल्म रिलिज हुन सकेन । फिल्म प्रदर्शन रोकिंदा झन् ठूलो आर्थिक क्षति भएको निर्देशक सुदर्शन थापाले जनाएका छन्  ।  फिल्म प्रदर्शन हुन नसक्दा नेपाल र विदेशका वितरकलाई आर्थिक क्षति पुगेको भन्दै निर्देशक थापाले कलाकार, प्राविधिक र सर्जकमा सिर्जनात्मक क्षति पुगेको उल्लेख गरेका छन् । फेसबुकमा स्टाटस लेख्दै उनले उक्त क्षतिप्रति दुःख व्यक्त गरेका छन् । समस्या समाधान भई छिट्टै प्रदर्शन मिति घोषणा हुने आशा समेत उनले राखेका छन् ।

अमेरिका वितरक तथा सुरेशदर्पण पोखरेलले पनि फिल्म रिलिज रोकिंदा गम्भीर धक्का लागेको उल्लेख गरेका छन् । उनी लेख्छन्, ‘चलचित्र प्रसादलाई अमेरिकाभरि प्रदर्शनको अधिकार लिएका हामीहरु पनि अदालतको यस निर्णयबाट प्रभावित बनेका छौं । धेरैवटा स्टेटमा हल बुकिङ भइसकेको तथा चलचित्र प्रदर्शनको चाँजोपाँजो मिलाइसकिएको अवस्थामा यस प्रकारको निर्णयले गम्भीर धक्का पुगेको छ, तथापि अदालतको निर्णयलाई स्वीकार्दै हामी सम्पूर्ण स्थानीय आयोजक साथीहरु लगायत हल सञ्चालकसँग हालका लागि चलचित्रको प्रदर्शन स्थगित गराउनु हुन हार्दिक अनुरोध गर्दछौं ।’

अष्ट्रेलियासहितका अन्य मुलुकमा समेत फिल्मको प्रदर्शन अधिकार बिक्री भइसकेको थियो । यो मुद्दामा उच्च अदालत अदालतले आइतबार निवेदक केशव पाण्डे र चलचित्र विकास बोर्डसहितका नौ जना विपक्षीलाई छलफलमा बोलाएको छ । अदालतले बिहीबार गत मंगलबारको आदेशविरुद्धको रिटलाई खारेज गर्ने अर्को निर्णय गरेको थियो । यो मुद्दा अदालतको प्रक्रियामा प्रवेश गरेपछि फिल्मको रिलिज भविष्य अन्योलमा परेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology