गोरखा, २४ चैत्र । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज दिउसो गोरखा आउदैहुनुहुन्छ। अस्पताल स्थापनाको ५० बर्ष प्रवेश गरेको उपलक्ष्यमा अस्पताल ब्यवस्थापन समितिले आयोजना गरेको ‘स्वर्ण जयन्ती–२०७९’ को उदघाट्न गर्न प्रधानमन्त्री दाहाल गोरखा आउन लाग्नुभएको हो ।
प्रधानमन्त्री दाहाल दिउसो १ बजे राजधानीबाट हेली मार्फत गोरखा सदरमुकाम आउने कार्यक्रम तय भएको सुरक्षा निकायले जानकारी दिएको छ ।
उहाँ आउने भए पछि अहिले सदरमुकामको सुरक्षा ब्यवस्था कडा पारीएको छ । नेपाल प्रहरी र शस्सत्र प्रहरीलाई सुरक्षार्थ ब्यापक रुपमा परिचालन गरिएको छ ।