Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

शहिद लखनको तिनमानेमा १५ शैयाको आधारभुत अस्पताल भवनको निर्माण शुरु


1.1K
Shares

शहिद लखनको तिनमानेमा १५ शैयाको आधारभुत अस्पताल भवनको निर्माण शुरु

गोरखा, २३ चैत । शहिद लखन गाउँपालिकाको वडा नं. ५ तिनमाने स्थित केउरेनीमा १५ शैयाको आधारभुत अस्पताल भवनको निर्माण शुरु भएको छ । केउरेनीमा पालिका स्तरीय १५ शैयाको आधारभुत अस्पताल वन्ने गाँउपालिकाले जनाएको छ । नौ रोपनी आठ आना जग्गामा भवन निर्माण शुरु भएको हो ।

पालिकास्तरीय भवन दुइ वर्ष भित्र निर्माण सक्ने गरि ड्रागन विकोन शंखपोखरी जेभिले निर्माणको जिम्मा पाएको छ । १२ करोड ४८ लाख ६१ हजारको लागतमा तिन तले अस्पताल भवन वन्ने गाउँपालिकाका प्राविधिक राजन रानाभाटले जानकारी दिनुभयो।

२०७९ भदौ २२ गते भएको ठेक्का सम्झौता अनुसार २०८१ भदौ २२ भित्र भवन निर्माण सक्नुपर्ने हुन्छ । गाँउपालिका अध्यक्ष रमेश थापा, जनप्रतिनिधि, कर्मचारी लगायतको सहभागीतामा अस्पताल भवनको जग पुजा समेत गरिएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology