Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको साक्षरता दर ७२.४ प्रतिशत कायम


2.4K
Shares

गोरखाको साक्षरता दर ७२.४ प्रतिशत कायम

गाोरखा, २३ चैत्र । गोरखाको साक्षरता दर ७२.४ प्रतिशत कायम भएको छ । सरकारले  केही दिन अघि सार्वजनिक गरिएको जनगणन साल २०७८ अनुसार जिल्लाको कुल साक्षरता दर ७२.४ कायम भएको हो । जसमा पुरुष साक्षरता दर ८०.५ प्रतिशत र महिला ६५.२ प्रतिशत रहेको छ ।

२०६८ मा जिल्लाको कुल साक्षरता दर ६६.३४ प्रतिशत रहेको थियो । जसमा महिला ५९.४४ प्रतिशत र पुरुषको ७५.०९ प्रतिशत रहेको थियो । यो अहिले बढेर ६.०६ भएको छ । जिल्लामा जनसंख्या घटेपनि साक्षरता दर भने गत १० वर्षमा बढेको पाइन्छ ।

जिल्लामा ११ वटा स्थानिय तह रहेको छ । जसमध्य सबै भन्दा धेरै साक्षरता दर गोरखा नगरपालिकामा रहेको पाइएको छ । जहाँ महिला ७४.५ प्रतिशत तथा पुरुष ८८.३ प्रतिशत गरी सरदरमा ८०.८ प्रतिशत मानिस साक्षर रहेकोे जिल्ला तथ्याङक कार्यालय गोरखाले जनाएको छ ।

नगरपालिकाको कुल जनसंख्या ५२ हजार ४ सय ६८ जना रहेका छन् । कुल जनसंख्याको ११.१ प्रतिशत पुरुष तथा २४.६ प्रतिशत निरक्षर रहेका छन् । नगरपालिकाको साक्षरता दर धेरै भएता पनि पठनपाठनका लागी विद्यलय जाने संख्या भने एक दमै कम देखिएको छ । जम्मा ०.७ प्रतिशत मात्र विद्यलय गएर पढ्ने गर्छन् ।

यस्तै सबै भन्दा थोरै चुमनुब्रीे गाउँपालिको कुल साक्षरता दर ३१.२ रहेको छ । पुरुष ४९ प्रतिशत र महिला ३०.३ प्रतिशत साक्षर रहेकोे छ । उक्त पालिकामा निरक्षर ५८.७ प्रतिशत रहेको छ । जसमा पुरुष ४८.७ प्रतिशत र महिला ६७.७ प्रतिशत रहेका छन् । चुमनुब्रीेमा साक्षरता दर कम भएता पनि पढ्न मात्र जानेको संख्या कुल १.६ प्रतिशत रहेका छन् । त्यहाँको कुल जनसंख्या ५ हजार ९ सय ३२ जना रहेका छन् ।

कुल १४ हजार २ सय ६३ जना जनसंख्या रहेको धार्चे गाउँपालिकाको साक्षरता ६२.५ प्रतिशत रहेको छ । जसमा पुरुष ७१ प्रतिशत र ५४.९ प्रतिशत महिला साक्षर दर रहेको छ । यता पुरुष २८ प्रतिशत र महिला ४४ प्रतिशत निरक्षर रहेका छन् । सो पालिकामा पढ्न मात्र जानेको जनसंख्या ०.८ प्रतिशत रहेका छन् ।

भीमसेन थापा गाउँपालिकाको कुल जनसंख्या मध्य ६७.४ प्रतिशत मात्रै साक्षर रहेका छन् । सो पालिकाको कुल जनसंख्या १६ हजार ९ सय ८६ जना रहेको छ । ३९.६ प्रतिशत महिला निरक्षर रहेकोमा ५९.३ प्रतिशत साक्षर रहेका छन् । पठनपाठन गर्न कुल जनसंख्याको ०.९ प्रतिशत मात्र विद्यलय जान्छन् ।

आरुघाट गाउँपालिकामा २१ हजार ५७२ जना जनसंख्या रहेकोमा ६८.५ प्रतिशत साक्षरता दर रहेका छन् । महिला ६१.८ प्रतिशत साक्षर र ३७.१ प्रतिशत निरक्षर रहेका छन् । यसैगरि पुरुष ७६.१ प्रतिशत साक्षर तथा २३.१ प्रतिशत निरक्षर रहेका छन् । उक्त पालिकामा पठन पाठन गर्नेको दर ०.९ प्रतिशत रहेका छन् ।

यस्तै बारपाक सुलिकोट गाउँपालिकाको कुल जनसंख्या मध्य ६९.२ प्रतिशत साक्षर रहेको पाएको छ । जसमा महिला ६२.८ प्रतिशत र पुरुष ७६.६ प्रतिशत साक्षर रहेका छन् । यसैगरी ३६.२ प्रतिशत महिला निरक्षर तथा २२.६ प्रतिशत पुरुष निरक्षर रहेका छन् । उक्त पालिकामो ०.८ प्रतिशत मात्रै विद्यलयमा गएर पढ्छन् । यहाँको कुल जनसंख्या २२ हजार ६ सय ३६ जना रहेका छन् ।

शहीद लखन गाउँपालिकामा २३ हजार ७६ जना जनसंख्या रहेकोमा ७१.२ प्रतिशत साक्षरता दर रहेका छन् । जसमा पुरुष साक्षरता दर ७१.७ प्रतिशत र महिला ६३.८ प्रतिशत रहेका छन् । महिला निरक्षर ३४.४ प्रतिशत रहदाँ पुरुष १८.६ प्रतिशत मात्र निरक्षर रहेका छन् । रहेका छन् । सो पालिकामा पढ्न मात्र जानेको १.६ प्रतिशत रहेका छन् ।

सिरानचोक गाउँपालिकाको जनसंख्या १९ हजार ७ सय १९ रहेको छ । उक्त पालिकाको कुल साक्षरता दर ७१.४ प्रतिशत रहेका छन् । जसमध्ये पुरुष ६२.६ प्रतिशत साक्षर र १६.२ प्रतिशत निरक्षर रहेका छन् । यस्तै महिला ६२.६ प्रतिशत साक्षर छन् भने ३२.६ प्रतिशत निरक्षर रहेका छन् । सो पालिकामा पढ्न मात्र जाने ३.७ प्रतिशत रहेका छन् ।

यसैगरी गण्डकी गाउँपालिकामा कुल जनसंख्याको ७२.१ प्रतिशत साक्षरता दर रहेका छन् । यहाँको जनसंख्या २१ हजार ३ सय ९४ जना रहेका छन । पालिकामा पुरुष ७९.३ प्रतिशत साक्षर र ३३.४ प्रतिशत निरक्षर रहेका छन् । यसैगरी महिला ६५.३ प्रतिशत साक्षर रहे पनि बाँकी ३३.४ प्रतिशत निरक्षर रहेका छन् । तथ्याङक अनुसार १.२ प्रतिशत जनसंख्या मात्र पठनपाठनका लागी विद्यलय जान्छन् ।

कुल जनसंख्या १२ हजार ८ सय ३२ जना रहेको अजिरकोट गाउँपालिकामा ७२.४ प्रतिशत साक्षरता रहेका छन् भने २७.१ प्रतिशत निरक्षर छन् । यहाँ महिला ६४.७ प्रतिशत र पुरुष ८०.८ प्रतिशत साक्षर रहेको तथ्याङकमा उल्लेख गरिएको छ । निरक्षर हेर्दा महिला ३४.९ प्रतिशत र पुरुष १८.८ प्रतिशत रहेका छन् । कुल जनसंख्याको ०.३ प्रतिशतले मात्रै पठन पाठन गर्छन् ।

यस्तै पालुङटार नगरपालिकामा ३७ हजार ४ सय ९ जना जनसंख्या रहेको छ । जहाँ ७५.४ प्रतिशत मात्रै साक्षर छन् । जस मध्य पुरुष ८३.५ र महिला ६८.५ प्रतिशत साक्षर रहेका छन् । यता पुरुष १५.५ प्रतिशत निरक्षर हुदाँ २९.६ प्रतिशत महिला निरक्षर रहेका छन् । जनसंख्याको १.४ प्रतिशत मात्रै पठनपाठन गर्छन् ।

जिल्लाको जनसंख्या भने गत १० वर्षको अवधिमा उल्लेख्य घटेको छ । सरकारले सार्वजनिक गरेको तथ्याङ्क अनुसार गोरखाको जनसंख्या दुइ लाख ५१ हजार २७ जना कायम भएको छ । ०.७४ प्रतिशतले गोरखाको जनसंख्या घटेको हो । २०६८ को जनगणनामा गोरखाको जनसंख्या दुइ लाख ७१ हजार ६१ थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology