Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा ८ महिनाको अवधिमा ९१ घरेलु हिंसाका घटनाको ठाडो निवेदन


2.3K
Shares

गोरखामा ८ महिनाको अवधिमा ९१ घरेलु हिंसाका घटनाको ठाडो निवेदन

गोरखा, २३ चैत । जिल्लमा आर्थिक वर्ष २०७९र ८० को आठ महिनाको अवधिमा घरेलु हिंसाका ९१ घटनाको ठाडो निवेदन परेको छ । महिला बालबालिका तथा जेष्ठ नागरिक सेवा केन्द्र गोरखामा घरेलु हिंसाका ९१ घटनाको ठाडो निवेदन परेको हो ।

निवेदन परेका मध्य ४९ घटना मिलापत्र गरिएको सेवा केन्द गोरखाले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय गोरखाका डिएसपी एवम सूचना अधिकारी लिलाराज लामिछानेका अनुसार १८ वटा घटना छलफलकै प्रक्रियामा रहेको जानकारी दिनुभयो ।

छलफलमा रहेका घटनाहरुको सन्दर्भमा उहाँले पारिवारिक, सामाजिक तथा आर्थिक समस्याका कारण घरेलु हिंसाका घटना बढ्ने गरेको बताउनुभयो । घरेलु हिंसाको सिकार बिशेष गरी बढी महिलाहरु हुने गर्छन् । घरेलु हिंसामा परेका महिलाहरु न्यायको लागी सम्बन्धित निकायमा जान खोज्दा रोक टोक ताथ गालि गलौज गरी मेलमिलापलाई नै अन्तिम विकल्पको रुपमा लिने प्रवृद्धिले गर्दा पनि महिलाहरुले घरेलु हिंसा सहनु पर्ने बाध्यता रहँदै आएको छ ।

‘बहुविवाह, गरीबी, बैदेशिक रोजगार, मादक पदार्थ सेवनले गर्दा घरेलु हिंसा बढ्ने गरेको छ ।’ उहाँले भन्नुभयो । सेवा केन्द्र गोरखाका अनुसार २४ वटा निवेदन अन्य निकायमा पठाएको छ । यस्तै गत आर्थिक वर्ष २०७८/०७९ मा एक सय ४५ वटा निवेदन परेकोमा ७६ वटा मिलापत्र गरिएको थियो ।

५३ वटा निवेदन अन्य निकायमा पठाएको थियो । गत वर्ष बहुबिबाह तथा सार्बजनिक मुद्धामा एक एक वटा निवेदन परेको थियो । सो घटना बारे अहिले पनि छलफल जारी रहेको जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology