Nagarik Sawal

२०८३ कार्तिक १६ आइतबार

२०८३ कार्तिक १६ आइतबार

कस्तो रहनेछ आजको मौसम ?


980
Shares

कस्तो रहनेछ आजको मौसम ?

काठमाडौं, २२ चैत । हाल देशमा स्थानीय वायुका साथै पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ।

जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाका अनुसार आज बिहान देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सामान्यतया सफा रहेको छ।

दिउँसो पनि पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम सफा रहनेछ।

महाशाखाका अनुसार दिउँसो पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ।

आगामी चौबिस घन्टामा पहाडी भू–भागका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना रहेकाले क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology