गोरखा, २० चैत । गोरखाको बारपाक सुलिकोट गाँउपालिका वडा नं. ३ मा पुरुष तथा महिला खुल्ला प्रतियोगिता हुने भएको छ । बाह्रमुले युवा क्लबको आयोजनामा नयाँ वर्षको पावन अवर पारेर खुल्ला भलिबल प्रतियोगिता हुन लागेको हो ।
प्रतियोगिता यहीँ चैत २८ गतेदेखी सुरु हुने क्लबका अध्यक्ष रिजन विश्वकर्माले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगिताका प्रथम र द्धितियलाई मात्र पुरस्कारको व्यवस्था गरिएको छ । पुरुष तर्फ प्रथम हुनेले बाइस हजार दुई सय बाइस (२२,२२२) रुपैयाँ प्राप्त गर्ने छन् भने द्धितियले एघार हजार एक सय एघार (११,१११) रुपैयाँ पाउने छन् ।
यस्तै महिला तर्फ प्रथम हुनेले नौं हजार नौं सय उन्नासय (९,९९९) तथा द्धितियले छ हजार छ सय छैसठ्ठी (६,६६६) रुपौयाँ प्राप्त गर्ने क्लबले जनाएको छ । टिम दर्ता शुल्क पुरुष तर्फ तीन हजार र महिला तर्फ दुई हजार तोकिएको छ । प्रतियोगिता बाह्रमुले युवा क्लबको खेल मैदानमा हुनेछ । टिम दर्ता गर्ने अन्तिम मिति चैत २७ गते सम्म रहेको छ ।