एजेन्सी, २० चैत्र । रोयल च्यालेञ्जर्स बेङ्गलोरका प्रारम्भिक ब्याट्सम्यान विराट कोहलीले आईपीएल इन्डियन प्रिमियर लिगमा अर्धसतक बनाउने कीर्तिमानलाई ५० पल्ट पूरा गरेका छन् ।
उनले आइतबार मुम्बई इन्डियन्सविरूद्ध अविजित ८२ रन बनाएपछि यो कीर्तिमानमा आफ्नो नाममा लेखाए ।
उनी आईपीएलमा ५० भन्दा बढी रन ५० पल्ट पूरा गर्ने पहिलो भारतीय ब्याट्सम्यान हुन् ।
दिल्ली क्यापिटल्सका कप्तान अस्ट्रेलियाका डेभिड वार्नर यो मामिलामा अगाडि छन् । उनले आईपीएलमा ६० पल्ट ५० भन्दा बढी रन बनाएका छन् । विराटले आईपीएलमा ४५ पल्ट अर्थशतक र ५ वटा शतक पूरा गरेका छन् ।