Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नयाँ बर्षमा गोरखा सदरमुकाममा नेवाः भोयः हुने


2.5K
Shares

नयाँ बर्षमा गोरखा सदरमुकाममा नेवाः भोयः हुने

गोरखा, २० चैत्र । नयाँ बर्षमा गोरखा सदरमुकाममा नेवाः भोयः हुने भएको छ । नेवाः देव् दबू गोरखा नगर कमिटीले सदरमुकाम वरपर रहेको गुठीहरु संग छलफल गरी बैशाख ९ गते नेवाः भोयःको आयोजना गरेको ‘नेवाः भोयःका अध्यक्ष राहुल बज्राचार्यल जानकारी दिनुभयो ।

नेवाः समुदायको कला र संस्कृती जोगाउने उद्वेश्यका साथ आयोजना हुन लागेको भोयः अर्थात भोजलाई कसरी ब्यवस्थित गर्ने भन्ने बारेमा राय लिने उद्वेश्यका साथ छलफलको आयोजना गरिएको उहाँले बताउनुभयो । नेवाः देव् दवूले पहिलो पटक २०७५ सालमा नेवाः कला र संस्कृती जोगाउने उद्वेश्यका साथ भोयःको आयोजना गरेको थियो ।

त्यस लगत्तै कोरोनाले विथोलिएको भन्दै आउदो नयाँ बर्ष २०८० साल बैशाख ९ गते दोस्रो नेवाः भोयः को आयोजना गरिएको अध्यक्ष बज्राचार्यले जानकारी दिनुभयो।

साँस्कृतिक उत्सव गोरखा संग्रालय परिषर भित्र आयोजना गरिएको आयोजक संस्थाले जनाएको छ । नेवारी परम्परा अनुसार नै खुवाईने उक्त भोजका लागि १ हजार रुपैयाँ शुल्क तोकिएको छ ।

नेवाः देव् दवू जिल्ला कमिटी गोरखाका नाय अध्यक्ष देवीप्रसाद श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न छलफल कार्यक्रममा शरण गुठी, खिरेपानी गुठी, बराह गुठी, छिपिटोल गुठी, शाही गुठी, भीमसेन गुठी, श्रीपञ्चमी गुठी, छेवेटार गुठी, नेना गुठी, मोरुवा गुठीका साथै नेवाः पत्रकारको सहभागीता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology