Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाका ६५ वर्षीय कट्टेल बेपत्ता भएको चार दिनपछि मृत अवस्थामा फेला


4.1K
Shares

गोरखाका ६५ वर्षीय कट्टेल बेपत्ता भएको चार दिनपछि मृत अवस्थामा फेला

गोरखा, १४ चैत । बिगत चार दिनदेखी बेपत्ता रहेका गोरखा नगरपालिका वडा नं. ८ कट्टेलडाडाँका हरीप्रसाद कट्टेल आज मृत्त अवस्थामा फेला परेका छन् ।  चितवनको ईच्छाकामना गाउँपालिका–६ को कालीखोला क्षेत्रमा ६५ बर्षिय बृद्व कट्टेल मंगलबार मृत्त अवस्थामा फेला परेका हुन् ।

चैत्र ११ गते अर्थात शनिबार काठमाण्डौं, नार्गारजुन नगरपालिकाको रानिबनमा रहेको छोराको घरबाट छोरीको घर जान्छु भनेर निस्किनु भएका कट्टेल सोही दिनदेखी सम्र्पक बिहिन हुनु भएका थिए ।

दम, हातखुट्टा काप्ने तथा धेरै हिडन् नसक्ने कट्ट्लेलाई अन्तिम पटक मनकामना जाने चेरेश क्षेत्रमा देखिएको भन्ने अपुष्ट जानकारी पाएको थियो । त्यसपछि उहाँका आफन्तले सोमबारदेखी सो क्षेत्रमा खोजी गर्दै आएका थिए । बेपत्ता कट्टेललाई गोरखाबाट गएका आफन्तहरुले खोजी गर्ने क्रममा आज कालीखोलामा मृत्त फेला परेको मृत्तकका भतिज शरदबावु कट्टेलले जानकारी दिनुभयो ।

उहाँको मृत्त शरिर चितवन प्रहरी संग समन्वय गरेर गोरखा अस्पताल ल्याइएको छ । कट्टेलको पोष्टमार्टम पछि दाहसंस्कार गरिने छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology