Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

माओवादी केन्द्र गोरखाद्धारा केही सहिदका नाम छुटेको भन्दै पुनः प्रशासनमा नाम पेश


1.2K
Shares

माओवादी केन्द्र गोरखाद्धारा केही सहिदका नाम छुटेको भन्दै पुनः प्रशासनमा नाम पेश

गोरखा, १४ चैत । सरकारले माओवादी द्वन्दका क्रममा मारिएका मध्ये गोरखा जिल्लाका २१५ जनाको नाम नेपाल राजपत्रमा प्रकाशित भएको छ । मन्त्रिपरिषद् बैठकले निर्णय गरेअनुरूप सशस्त्र संघर्ष र क्रान्तिका क्रममा सहादत प्राप्त गर्ने सहिदहरूको नामावली नेपाल राजपत्रमा प्रकाशित भएको हो ।

फागुन १५ गते प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा बसेको मन्त्रिपरिषद् बैठकले जनयुद्धदेखि विस्तृत शान्ति सम्झौताको अवधिसम्म ज्यान गुमाएकाहरुको नाम सहिदको नामावली समावेश हुने राजपत्रमा प्रकाशित गरी राष्ट्रिय सहिदको मान्यता दिने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद्को निर्णयपछि गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालय गोरखामा पत्र पठाई सहिदहरूको अभिलेख माग गरेको थियो । जिल्लाबाट प्राप्त सोही अभिलेखका आधारमा सहिदहरूको नामावली राजपत्रमा प्रकाशित भएको थियो ।

द्वन्दकै क्रममा मारिएका मध्ये केहीको नाम छुटेको भन्दै पछिल्लो पटक जिल्ला प्रशासन कार्यालयमा नाम पेश गर्ने काम पार्टीहरुले गरिरहेका छन् । केही सहिदका नाम छुटेको भन्दै पुनः प्रशासनमा नाम पेश गरिएको माओवादी केन्द्र गोरखाले जानकारी दिएको छ ।

जनयुद्धका सहिदहरूले राष्ट्रिय सहिदको मान्यता पाउनुपर्ने माग बारम्बार उठ्दै आएको भएपनि उनीहरूले राष्ट्रिय सहिदको मान्यता पाउन सकेका थिएनन् ।

यससँगै जनयुद्धकालमा राज्य र विद्रोही पक्षबाट ज्यान गुमाएका नागरिकले राष्ट्रिय सहिदको मान्यता पाएका छन् । राष्ट्रिय सहिदका परिवारले यसअघि सहिद घोषणा भई राज्यबाट परिपूरण र सम्मानस्वरूप प्राप्त गरेको सुविधाअनुरूप नै क्षतिपूर्ति, परिपूरण र सम्मान पाउनेछन् ।

हेर्नुहोस् राजपत्रमा समावेश भई नाम प्रकाशित भएकाहरुको नामावली:-

No description available.

No description available.

No description available.

No description available.

No description available.No description available.

No description available.

No description available.

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology