Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

भिमसेनथापा गाँउपालिका ६ को वडा कार्यालय भवनको शिलान्यास


1.4K
Shares

भिमसेनथापा गाँउपालिका ६ को वडा कार्यालय भवनको शिलान्यास

गोरखा, १३ चैत । भिमसेनथापा गाँउपालिका वडा नम्बर –६ को आफ्नै भवन बन्ने भएको छ । यस अघि सामूहिक महिला भवनबाट सेवा दिदैं आएकोमा अब भने वडाको आफ्नै कार्यालय भवन बन्ने भएको छ । आज (सोमबार) बिहान गाँउपालिका अध्यक्ष लोक प्रसाद बञ्जाराले वडा कार्यालय भवनको शिलन्यास गर्नु भएको वडा अध्यक्ष रन्जन रिमालले जानकारी दिनुभयो ।

‘ अहिले हामीले जुन ठाउँवाट सेवा ग्राहीलाई सेवा प्रदान गरिरहेका छौ त्यो भवन सामुहिक महिला भवन हो’ उहाँले भन्नुभयो । सामुहिक महिला भवनबाट सेवाग्राहीलाई सेवा दिदाँ समस्या हुने गरेको वडाध्यक्ष रिमालले बताउनुभयो । ‘यहाँबाट सेवाग्राहीलाई सहज तरिकावाट सेवा दिन सकेका छैनैं, अब बर्खा सुरु भए संगै कार्यालयमा पानी पस्ने, वडाको वडापत्रहरु भिज्ने गर्दा समस्य हुने गरेको छ ।’ उहाँले भन्नुभयो, ‘वडाको स्टोर रुम नभएको सेवाग्राहीहरु आउँदा बस्ने उपयुक्त ठाउँ छैन शौचालय र पिउने पानी राम्रो व्यवस्था नभएर झन समस्य हुन्छ ।’

वडाध्यक्ष रिमालका अनुसार सेवाग्राहीलाई सहज तरिकाले सेवा दिनका लागी वडाले आफ्नै जग्गामा ६ कोठे भवन निमार्ण गर्ने लागेको बताउनुभयो । आफ्नै सुबिधा सम्पन्न निमार्ण भएपछि सेवाग्राहीलाई सहज तरिकाले ,छिटो र छरितो सेवा दिने उहाँले भनाई छ । शिव इन्जिनियरिङ प्र.लिले ठेक्का पाएको भवन ८८,६२,५४५.३७ रुपैयाँमा निमार्ण हुन लगेको हो । भवन चालु आर्थिक बर्ष २०७९/०८० सम्ममा सम्पन्न हुने बताएको छ ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष बञ्जरा, उपाध्यक्ष अमृता देवी वस्ती, प्रमुख प्रशासकिय अधिकृत चित्र बहादुर अधिकारी, वडा अध्यक्ष रिमाल, वडा नं. ७ का वडाध्यक्ष नारायण श्रेष्ठ, वडा सदस्य, प्रविधिक लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology