Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु


847
Shares

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु

काठमाडौं, १३ चैत्र । काठमाडौंको नाङ्लेभारेमा मोटरसाइकलको ठक्करबाट एक जनाको मृत्यु भएको छ । शङ्खरापुर नगरपालिका–१ तल्लो नाङ्लेभारेमा जहरसिंह पौवाबाट मेलम्चीतर्फ जाँदै गरेको बा ४५ प ५४४१ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ४२ वर्षीय रामबहादुर तामाङको गएराति मृत्यु भएको हो ।
मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका तामाङको उपचारका क्रममा त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्जमा निधन भएको काठमाडौं उपत्यका ट्राफिक कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिनुभयो ।

दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सलम्बुटारस्थित पिपुल्स लाइफ केयर अस्पतालमा सामान्य उपचारपश्चात थप उपचारको लागि शङ्खरापुर अस्पताल पठाइएको प्रवक्ता भट्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology