Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

लायन्स क्लब अफ गोरखा दरौंदीले दियो त्रिबेणी मा.विलाई स्टेशनरी सामग्री


1K
Shares

लायन्स क्लब अफ गोरखा दरौंदीले  दियो त्रिबेणी मा.विलाई स्टेशनरी सामग्री

गोरखा, १३ चैत । पालुङटार नगरपलिका वडा नं. ९ स्थित त्रिबेणी माध्यमिक विद्यालयलाई स्टेशनरी साम्रगी प्रदान गरिएको छ । लायन्स क्लब अफ गोरखा दरौंदीले त्रिबेणी माविलाई एक थान ल्यापटपसहित स्टेशनरी सामग्री सहयोग प्रदान गरिएको हो ।

स्टेशनरी सामग्रीमा पाँच हजार मुल्य बराबरको कापी विद्यलयलाई हस्तान्तरण गरिएको क्लबका अध्यक्ष रमेश बिष्टले जानकारी दिनुभयो । पूर्वप्राथमिक तहका विद्यार्थीको पठनपाठनमा सहयोग पु¥याउनका लागी उक्त सामग्री दिएको उहाँले बताउनुभयो ।

‘हामीले तल्लो तहका विद्यार्थीलाई प्रथामिकतामा राखेर स्टेशनरी सामग्री दिएको हो’ उहाँले भन्नुभयो, ‘उनीहरुले किताब कापी ल्याउने नल्याउने ठेगान नहुदाँ पठाईमा समस्या हुने भएकाले विद्यालयले आफ्नो आवश्यकता अनुसार प्रयोग गरोस् भनेर पनि उक्त साम्रगी दिएका छौं।’ उक्त सामग्री आज (सोमबार) एक कार्यक्रमका बिच क्लबको तर्फ नगरपालिकाका मेयर विवश चिन्तनले विध्यालयका प्रध्यानध्यापक गणेश सेडाईलाई हस्तान्तरण गर्नु भएको हो ।

हस्तान्तरण कार्यक्रममा प्रत्यक वर्ष विद्यालयले छानेको एक जना विद्यार्थीलाई वर्ष भरी पुग्ने विद्यालय पोषाकसहित स्टेशनरी सामग्री उपलब्ध गराउने सम्झैता भएको अध्यक्ष बिष्टले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology