गोरखा, ११ चैत । मानव सेवा आश्रम गोरखाको भवन निमार्णको लागि आर्थिक सहयोग प्रदान भएको छ । गोरखा सेवा समाज कतारले १२ औं साधारण सभाको अवसरमा गोरखा नगरपालिका–७ को नगरपालिकामा निर्माणधिन रहेको भवनका लागि पाँच लाख एघार हजार एक सय एघार (५,११,१११) रुपैयाँ नगद सहयोग उपलब्ध गराएको समाजका निर्वतमान अध्यक्ष रामजी खत्रिले जानकारी दिनुभयो ।
निर्माणधिन मानवताको मन्दिर निमार्ण सम्पन्न गर्न थप सरल सहज होस् भन्ने उदेश्यका साथ रकम उपलब्ध गराएको उहाँले बताउनुभयो । ‘हामीले मानवसेवा आश्रमको अभिभावक संस्था गोरखा सेवा समाज कतार परिवारको तर्फवाट १ कोठा निमार्णको लागि थोरै भए पनि सहयोग गरेका गरेका छौं । ’ उहाँले भन्नुभयो । आर्थिक सहयोग उपलब्ध गराएकोमा मानव सेवा आश्रमले सेवा समाज कतारलाई धन्यवाद दिदै उक्त रकम निर्माणाधिन भवनमा प्रयोग गरिने बताएका छन् ।