Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

गोरखाबाट काग्रेस प्रबक्तालाई कोइरालाको जबाफ : कोराना बारेमा मलाई प्रबक्ता जि ले मलाई सिकाउनु पर्दैन


2.6K
Shares

गोरखाबाट काग्रेस प्रबक्तालाई कोइरालाको जबाफ : कोराना बारेमा मलाई प्रबक्ता जि ले मलाई सिकाउनु पर्दैन

गोरखा १, चैत । नेपाली काग्रेसका केन्द्रीय सदस्या डा. शेखर कोइरालाले कोरोना भाइरस बारेमा पार्टी प्रबक्ता बिश्वप्रकाश शर्माले आफुलाई सम्झाउनु नपर्ने बताउनु भएको छ । नेपाल प्रेस युनियन गोरखाले शनिबार बिहान सदरमुकाममा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता कोइरालाले बिश्वप्रकाश भन्दा आफु कोरोना भाइरसको बिज्ञ भएकाले प्रबक्ताले बोल्दिनुस भनिरहन नपर्ने बताउनु भएको हो ।
‘यत्रो इस्यु छ कोरोना भाइरसको २÷४ जना पदाधिकारी पूर्व पदाधिकारी बसेर गरेको निर्णय मलाई स्विकार्य हुदैन, उहाँले भन्नुभयो, दोस्रो कुरा प्रबक्ता जीले मलाई यो सम्झाउनु पर्दैन कि कोरोना भाइरसका बारेमा तपाईले बोलिदिनुस् भनेर । उहाँ भन्दा धेरै बिज्ञ कोरोना भाइरसका बारेमा । ’ उहाँले गोरखा जिल्लामा शुक्रबार आयोजना गरिएको प्रशिक्षण कार्यक्रम जिल्लाले २ महिना अघिदेखि नै आयोजना गरेकाले आफु नआउनु घातक हुने बताउनुभयो ।

शुक्रबार गोरखामा जिल्ला पार्टीले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आउनु भएका नेता डा. कोइरालालाई पार्टी सभापतिको निर्देशनमा प्रबक्ता शर्माले कार्यक्रम नगरी फर्कन वा गरे महाधिबेशनको बिषयमा नबोल्न र डा भएकाले कोरोना भाइरसको बारेमा जानकारी मात्र दिन निर्देशन दिनुभएको छ । डा. कोइरालाले नेपाली काग्रेसले प्रतिपक्षको भूमिका खेल्न नसकेको पनि बताउनुभयो । उहाँले संसद र सडकमा प्रतिपक्षले खेल्नु पर्नेमा भूमिका काग्रेसले खेल्न नसकेको दावी गर्नुभएको हो ।

केन्द्रीय सदस्य कोइरालाले संसदमा प्रतिपक्षको आवाज नै नसुनिएको बताउनुभयो । ‘सेक्युरिटी प्रिन्टिङ प्रेसका कुरा आएका छन्, अन्य धेरै कुराहरु आएको छ, सरकार त मौन हुनु स्वभाविक नै हो, उहाँले भन्नुभयो, संसदमा प्रतिपक्षको आवाज सुनिनु पर्ने हो तर त्यो पनि सुनिएन ।’
उहाँले लोकतन्त्र बचाउने बिषय प्रतिपक्षको पनि ससक्त भूमिका भएको भन्दै प्रतिपक्षको आवाज नसुनिनु डर लाग्दो बिषय भएको बताउनुभयो । नेता कोइरालाले काग्रेस पार्टी अहिले भागबण्डामा अल्झिएर बसेको आरोप लगाउनु भयोे । ‘हाम्रो जिम्मेवारी लोकतन्त्रलाई बचाउने, संबिधानलाई चलाएमान गराउने पनि हो, उहाँले भन्नुभयो, ‘त्यता तिर काग्रेसको सुस्तता मैले पाइरहेको छु ।’

नेता कोइरालाले केन्द्रीय समितिको बैठक नबस्दा आफुहरुले पार्टीका समस्या समाधान लागि बिचार राख्ने ठाउ नै नपाएको गुनासो समेत गर्नुभयो । ‘पार्टी भित्र कुरा गर्ने भनेको केन्द्रीय समिति भित्र कुरा गर्ने हो, केन्द्रीय समितिको बैठक नै बसेको छैन त कहाँ गएर बोल्ने ।’ उहाँले १४ औं महाधिबेशनको मिती तय भईसकेकाले पार्टी भित्र निर्बाचन लाग्नु स्वाभाबिक भएको बताउनुभयो ।

नेता कोइरालाले राजनीतिमा लागेपछि पार्टी सभापतिको आकाक्षां सवैमा हुने भन्दै आफुमा पनि त्यो आंकक्षा हुनु स्वभाविक भएको उल्लेख गर्नुभयो । ‘सवैलाई आफु माथि पुगौं भन्ने आंकाक्षा हुन्छ, त्यो मलाई पनि छ तर नेता कार्यकर्ताले जसलाई चुन्नुहुन्छ, उहाँ सभापति बन्नुहुन्छ ।’
कोइराला परिवारका तीनजना नेताहरु बिच एक सहमती भएपनि कोइराला परिवारकै सदस्य सभापति हुनुपर्छ भन्ने मान्यता आफुले नराख्ने उहाँले स्पस्ट पार्नुभयो । ‘बिरासतको राजनीतिमा म बिश्वास पनि गर्दिन, कर्ममा म बिश्वास गर्छु, नेता कोइरालाले भन्नुभयो, ‘जसले मेहनत गर्छ जसले कार्यकर्तालाई रिझाउन सक्छ, जो कार्यकर्ता माँझ पुगेको हुन्छ त्यहि नेपाली काग्रेसको अबको सभापति हो ।’

तपाई अबको सभापतिको उम्मेद्वार होकि होइन भन्ने पत्रकारको जिज्ञासामा नेता कोइरालाले भन्नुभयो, ‘मेरो खुट्टा परालको होइन् भन्ने बुझ्नुपर्छ, अहिले स्पस्ट कसरी भनुँ, कार्यकर्ताको के चाहन्छन भनेर अहिले म त्यो बुझ्दैछु ।’ उहाँले काग्रेस अहिले भागबण्डामा चलेको भन्दै अब पार्टीलाई बिचारमा हिडाउने नेतृत्वको आबश्यकता रहेको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology