Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

अमेरिकामा निधन भएका गोरखाका कृष्णप्रसादको अन्तिम पटक मुख हेर्ने बुवाको इच्छा (पत्र सहित)


2.2K
Shares

अमेरिकामा निधन भएका गोरखाका कृष्णप्रसादको अन्तिम पटक मुख हेर्ने बुवाको इच्छा (पत्र सहित)

गोरखा, ११ चैत । अमेरिकाको टेक्सासमा निधन भएका गोरखाको शहीद लखन गाउँपालिका ९ नाम्जुङ स्थायी घर भएका कृष्णबहादुर लामिछानेका बुबा रामप्रसाद लामिछानेले छोराको अन्तिम संस्कारमा सहभागी हुने इच्छा व्यक्त गर्नुभएको छ । उहाँले गोरखा समाज अमेरिका, नेपाली कम्युनिटी अमेरिका, एनआरएन च्याप्टर टेक्सास र नेपाली समाज टेक्सासलाई सम्बोधन गर्दै छोराको अन्तिम पटक आफूले मुख हेर्न चाहेको उल्लेख गर्नुभएको छ ।

निवेदनमा बाबुको नाताले छोराको पार्थिव शरीर हेर्ने चाहना भएकाले अन्तिम संस्कारको काम केही समय स्थगित गर्न अनुरोध गर्नुभएको छ । स्वर्गीय कृष्णप्रसाद लामिछानेको अन्तिम संस्कार शनिबार विहान ११ बजेका लागि तय भएको छ ।

स्वर्गीय लामिछानेको अन्तिम श्रद्धाञ्जली शनिबार विहान ११ बजेदेखि १ बजेसम्म ह्यजुेस फेमिली ट्राइब्यूट सेन्टरमा हुने नेपाली समाज टेक्सासले सामाजिक सञ्जालमा हालेको सूचनामा उल्लेख गरिएको छ । समाजसेवी लामिछानेको यही मार्च २३ तारेखका दिन अमेरिका स्थित घर मुत्यु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology