Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखाको हिमपहिरोमा फसेका नवलपुरका २ जनालाई सकुशल उद्वार


1.7K
Shares

गोरखाको हिमपहिरोमा फसेका नवलपुरका २ जनालाई सकुशल उद्वार

गोरखा,९ चैत्र । उत्तरी गोरखाको हिमपहिरोमा फसेका २ जनालाई सकुशल उद्वार गरिएको छ । नवलपुर कावासोती निवासी सौरभ खनाल र अनिता घलेलाई सकुशल उद्वार गरिएको गोरखा प्रहरीले जानकारी दिएको छ ।

समुन्द्र सहतबाट करीब ५ हजार १०६ मिटर अग्लो लार्के पास गर्न गएका उनीहरु हिजो दिउँसो हिमपहिरोमा परेको पर्यटक गाईड सुसन गुरुङले जानकारी दिएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायब उपरिक्षक लिलाराज लामिछानेले बताउनुभयो ।

धर्मशालाबाट बिहानै हिडेका उनीहरुलाई गुरुङ हिमपहिरोमा फसेको बारेमा स्थानिय र प्रहरीमा जानकारी गराएका थिए । त्यस लगत्तै साम्दोको गुम्बाबाट गएका स्थानियहरुको एक समूहले दुवैजनालाई सकुशल उद्वार गरे बुधबार मध्य राती धर्मशालामा फर्काउन सफल भएको थियो ।

प्रहरीका अनुसार खनालको स्वास्थ्यमा केही समस्या देखिएको र घले भने सकुशल नै रहेका छन् । दुवै जनालाई हेली मार्फत राजधानी लैजाने प्रयास भई रहेको पनि प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology