काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले कोरोना संक्रमण विश्वभर फैलिरहेका बेला सरकारले गम्भिर भएर सोच्नु पर्ने बताउनु भएको छ । भट्टराईले आफ्नो सामाजिक सन्जाल ट्वीट मार्फत यस्तो बताउनु भएको हो ।
उहाँले शनिबार एक ट्वीट गर्दै केही दिन र हप्ताका लागि विद्यालय बन्द गर्नु पर्छ भन्दै सरकारले किन हेल्चेक्र्याईं गरिरहेको हो भन्नुभएको छ । ट्वीटमार्फत उनले छोराछोरीको जीवन प्रमुख कि परीक्षा भन्दै प्रश्न सोध्नु भएको हो ।
‘कोरोना भइरसको प्रकोप विश्वभरि फैलिरहेको र खुला सिमाना भएको भारतमा झन् तीव्र रूपमा फैलिरहेको स्थितिमा हामीले हेलचेक्याई गर्न नहुने ट्वीटमा भट्टराईले भन्नुभएको छ । स्कूल केही दिन र केहि हप्ता बन्द गर्न किन हेलचक्र्याइँ गरेको हो ? भन्दै सरकार सगँ प्रश्न सोध्नु भएको हो । छोराछोरीको जीवन प्रमुख कि परीक्षा ? परीक्षा केही हप्ता पर सार्दा कुन आकाश खस्छ ? सत्ताधारी कमरेडहरूको यो बारेमा किन ध्यान नगएको भनि सोध्नु भएको हो ।