महोत्तरी। महोत्तरीको एक कार्यक्रमको उद्घाटन गर्न जानुभएका शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरीराजमणि पोखरेल उद्घाटन नगरी फर्किनुभएको छ । मटिहानी नगरपालिकामा अवस्थित याज्ञवल्क्य लक्ष्मीनारायण विद्यापीठको नवनिर्मित दुईतले भवनको उद्घाटन गर्न मन्त्री पोरखेल महोत्तरी जानुभएको हो ।
कोरोना भाइरस संक्रमणको जोखिमका कारण सभा तथा सम्मेलन आयोजना नगर्ने सरकारको नीति भएकाले मन्त्री पोखरेलले सार्वजनिक कार्यक्रममा भवनको उद्घाटन नगरी फर्कनुभएको आयोजकले जनाएको छ ।
“केहि दिनका लागि कुनै पनि सभा, सम्मेलन, भोजभतेर र धेरै मानिस जम्मा हुने कार्यक्रम नगर्नु” उहाँले भन्नुभयो ।
सरकारले ४१ सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिसकेको र थप नाकामासमेत गर्ने तयारीमा सरकार रहेको जानकारी दिनुभयो ।