गोरखा, ५ चैत्र । गोरखाको कुनै पनि क्याम्पसमा स्वातन्त्र विद्यार्थी युनियन (स्वावियु)को निर्वाचन भएको छैन । निर्वाचन अघि नै जिल्लामा रहेका चार विद्यार्थी संगठनहरुले तालमेल गरेका थिए । सोही अनुरुप जिल्लाका तीन वटै क्याम्पसमा सभापतिसहित सबै पधाधिकारी सर्वसम्मत बनेको हो ।
नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु र नेपाल समाजवादी विद्यार्थी युनियन बिच स्वावियु चुनावका लागी सहमति भएको थियो । सहमति अनुसार गोरखा क्याम्पसमा अखिल क्रान्तिकारी, द्रब्यशाह बहुमुखी क्याम्पसमा नेपाल विद्यार्थी संघ र भवानी बहुमुखी क्याम्पस ठाँटीपोखरीमा नेपाल समाजवादी विद्यार्थी युनियनले नेतृत्व गर्ने निर्णय भएको हो ।
गोरखा क्याम्पसको सभापतिमा बिष्णु पाण्डे, सचिवमा परशुराम भट्ट र कोषाध्यक्षमा सुस्मिता दवाडी निर्वाचित हुनु भएका छन् । यस्तै प्रत्यक्षतर्फको पाँच सदस्यमा सबिना गुरुङ, नारायण भट्ट, बिनय गुरुङ, पुजा खड्का र राजाराम बोहोरा निर्वाचित भएका छन् । समानुपातीक तर्फ सात सदस्यमा सिम्रन गुरुङ, रचन परियार, पुष्पा गुरुङ, बिनिता मग्राती, अनुप तिवारी, रचना बसेल, बिक्रम तामाङ सर्वम्मत बनेका हुन् ।
द्रव्यशाह बहुमुखी क्याम्पसको सभापतिमा सैनक घिमिरे, सचिवमा सचिन खनाल, कोषाध्यक्ष अबिन श्रेष्ठ सर्वसम्मत बन्नु भएका छन् । सदस्यहरुमा प्रत्यक्ष तर्फ राजेश श्रेष्ठले, बिपना कोईराला, अनुप सिंम्खडा, प्रताप थापा मगर, नबिना गुरुङले उम्मेदवारी निर्वाचित भएका छन् भने सन्दिपबाबु खत्री, सुमिना ज्ञवाली, सन्तोष बस्नेत, नैईया गुरुङ, असिम श्रेष्ठ, नम्रता थापा मगर, पवन गुरुङ समानुपातिक तर्फ सर्वसम्मत बनेका हुन् ।
यसैगरी भवानी बहुमुखी क्याम्पस ठाटीपोखरीको सभापतिमा गुणराज गिरी, उप सभापतिमा विश्व पौडेल, सचिव आकाश राना मगर, कोषाध्यक्ष रोजिना मियाँ र सह सचिवमा नरेश बोटे सर्वसम्मत बनेको निर्वाचन समितिले जानकारी दिएको हो । खुल्ला तर्फको सदस्यमा रुबी तामाङ, इन्दिरा तिवारी र भवानी राना चयन भएका छन् भने समानुपातिक तर्फ लक्ष्मी खड्का रानाभाट, सुनिता गिरी र रोजिना देवकोटा चयन भएको हो ।
यता द्रव्यशाह क्याम्पसको सभापति पदमा भने घिमिरेसहित नेवि सघंकै प्रमोद जंग कुवाँरको स्वातन्त्र उम्मेद्वारी परेको थियो । दुई जनाको उम्मेद्वारी दर्ता भएसँगै चुनाव हुने माहोल देखिएको थियो । तर, कुवाँरले आफ्नो उम्मेद्वारी र्फिता लिए पछि चुनाव हुने स्थिती टरेको हो । देशभरका त्रिविका अन्य आङगिक क्याम्पसहरुमा भने अहिले निर्वाचन जारी छ ।