गोरखा, ३ चैत्र । गोरखाको बारपाक सुलिकोट गाउँपालिकामा जैविक मल बनाउने दुई दिने कार्यक्रम आज सम्पन्न भएको छ । वडा नम्वर –६ स्थित डाँडाथोकमा जैविक मल बनाउने तालिम सम्पन्न भएको गाउँपालिकाका कृषि शाखा प्रमुख रोजिना मग्रातीले जानकारी दिनुभयो ।
पाटेश्वर सहकारी संस्थामा आबद्धध ४० जनालाई तालिम प्रङगारीक तथा जैविक विषादी रहित मल बनाउने सम्बन्धमा दिईएको उहाँले भनाई छ । रासायनिक मललाई नियन्त्रण गरौ जैबिक र प्रङ्गारीक मलको प्रयोग गरौ स्वास्थ्य बनौ भन्ने नारा सहित कार्यक्रमको आयोजना गरेको उहाँले बताउनुभयो ‘ अहिले सबै किसानले टनेल बनाएर खेती गदै आएका छन् ।

उहाँले भन्नुभयो उहाँहरुले खेती गरेको हरेक खाद्यय उत्पादनमा मा रासायनीक मलको प्रयोग बढ्दै गएपछि पालिकाले यस्तो तालिमको आयोजना गरेको होे ’ । चालु आ.व २०७८–७९ मा पालिकाले वडाका वडा नम्बर ५,३,६ मा सो कार्यक्रम गर्ने लक्ष्य राखेकोमा यस अघि नै वडा नम्बर ३ र ५ मा सम्पन्न गरेको मग्रातील जानकारी दिनुभयो ।

पालिकाले जैविक तथा प्रङ्गारीक मल बनाउने कार्यक्रमका लागि ८० हजार बजेटको विनियोजन गरेको छ । तालिममा आबद्धध प्रशिक्षार्थीहरुलाई शैदान्तिक र प्रटिकल अभ्यास गराईएको गाउँपालिकाको कुषि शाखाले जनाएको छ ।