Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

विशाक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या बढ्दो, प्रहरीले निगरानी नगरेको जनताको गुनासो


1.6K
Shares

विशाक्त मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या बढ्दो, प्रहरीले निगरानी नगरेको जनताको गुनासो

जनकपुरधाम । धनुषामा घरेलु मदिरा सेवनका कारण ज्यान गुमाउनेको संख्या दिन दिनै बढिरहेको छ अहिले सम्ममा घरेलु मदिराका कारण ज्यान गुमाउनेको संख्या १४ पुगेको जिल्ला प्रहरी कार्यलय धनुसाले जानकारी दिएको छ ।

जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा शुक्रबार र शनिबार गरी तीन जनाको ज्यान गएको प्रहरीले जानकारी दिएको छ । क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जनाको मदिराको कारण ज्यान गएको थिए ।

शनिबार विहान झगरु सदाको ज्यान गएको छ । मदिरा सेबनका कारण ज्यान गुमाउने सबैको उमेर ५० वर्ष हाराहारी रहेको स्थानीय किशोर साहले जानकारी दिनुभयो । उनीहरुमा झाडापखालाको समस्या समेत रहेको स्थानीय प्रशासनले जनाएको छ ।

यसअघि क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको विशाक्त घरेलु मदिरा सेवनका कारण ज्यान गएको थियो भने एक जना भेन्टिलेटरमा उपचारत छन् । अन्य पाँच जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ हस्पिटल श्रोतले जानकानरी दिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology