Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आरुघाट गाउँपालिकाद्धारा ६९ जना कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण


1.3K
Shares

आरुघाट गाउँपालिकाद्धारा ६९ जना कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण

गोरखा, १ चैत्र । गोरखको आरुघाट गाउँपालिकाले कृषकलाई अनुदानमा हाते ट्याक्टर वितरण गरेको छ । पालिकाले आज एक कार्यक्रम गरी ६९ जना कृर्षकहरुलाई छनोट गरी ट्याक्टर हस्तान्तरण गरेको गाउँपालिकाका अध्यक्ष राजु गुरुङले जानकारी दिनुभयो ।

‘हामीले आबेदन फम खुलाएका थियौ ।’ उहाँले भन्नुभयो, ‘१३५ जनाले फर्म भर्नुभएको थियो तर उत्कृष्ट कृषकलाई छनोट गरेर मात्रै ट्याक्टर बितरण गरेका हौं ।’ कृषकहरुले परम्परागत शैलीमा खेती गर्दै आएका छन् । कृषि पेशालाई आधुनिकरण गरी आत्मा निर्भर बनाई काम छिटो, छरीतो र समयमा नै सिध्याउनको लागि केही मात्रामा सहयोग पुर्याउने उदेश्यले ट्याक्टर हस्तान्तरण गरेको गुरुङले बताउनुभयो ।

पालिकाले ७० प्रतिशत अनुदानमा ट्याक्टर बितरण गरेको हो । ३० प्रतिशत भने कृषककै लगानी रहेको उहाँको भनाई छ ।  कृषकहरुले ट्याक्टर बेचबिखन गर्न नपाउने र बिग्रीएको खण्डमा पालिकाले मर्मत गर्ने सम्बन्धि तालिम समेत दिइने जनाएको छ । कार्यक्रममा गाउँपालिका अध्यक्ष गुरुङ सहित पालिका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, कृर्षि शाखाका प्रमुख लगायतको सहभागिता रहेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology