गोरखा, १ चैत्र । गोरखामा ट्याक्टर दुर्घटना भएको छ । बारपाक सुलिकोट गाउँपालिकाको वडा नम्बर ६ स्थित हुडिफाँटमा बुधबार दिउँसो ३ः५० बजेकोसमयमा ग १ त ४८४७ नम्वरको ट्याक्टर दुघटना भएको वारपाक सुलिकोट गाउँपालिकाका स्वाकिय सचिब रिजन बिकले जानकारी दिनुभयो ।
दुर्घटनाका परी चालक र सहचालक सामान्य घाईते भएका छन् । यस्तै ट्याक्टरमा सवार अन्य २ जना बिबा नेपाली र चित्रकुमारी बसेल गम्भिर घाईते भएको उहाँले बताउनुभयो ।
घाईतेलाई गाउँपालिकाको स्वास्थ्य चौकीमा सामान्य उपचार पश्चात् थप उपचारको लागि गोरखा अस्पताल पठाईएको जानकारी दिएको छ । सम्भावित दुर्घटनाको जानकारी गराउँनु हुँदै ट्याक्टर नचढ्न गाउँपालिका अध्यक्षले आग्रह गर्नु भएको छ ।