Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गण्डकी गाउँपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा सम्पन्न


3.1K
Shares

गण्डकी गाउँपालिका स्तरिय बक्तृत्वकला प्रतियोगितामा सम्पन्न

गोरखा, १ चैत्र ।  गोरखाको गण्डकी गाउँपालिकामा माध्यामिकत विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ । परिवर्तन तथा शान्ति अभियान नेपाल गोरखाको आयोजनामा ‘स्वास्थ्य जिवन जिऔं धुम्रपान तथा सुर्तिजन्य सेवनवाट टाढा रहौं’ भन्ने शिर्षकमा भएको प्रतियोगितामा ताङ्लिचोक मा।विकी अनुश्का दाहाल प्रथम हुनुभएको छ ।

प्रतियोगितामा ज्ञानमार्ग मा विका करुण पाण्डे द्धितिय, रत्नेश्वर मा।विकी एलिसा सुनार तिृतिय र भद्रकाली मा।विकी सानुमाया श्रेष्ठले सान्तव्ना स्थान प्राप्त गर्नुभएको आयोजकले जनाएको छ । प्रतियोगितामा प्रथन हुन सफल प्रतियोगीलाई दश हजार ट्रफी र प्रमाण पत्र, द्धितिय हुनेलाई सात हजार नगद ट्रफी र प्रमाण पत्र, तेस्रो हुनेलाई चार हजार ट्रफी र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा गाउँपालिका भित्रका ११ वटा बिद्यालयका ७ जना छात्रा र ४ जना छात्र गरि ११ जनाको सहभागिता रहेको थियो ।

प्रतियोगिताको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्नुहुदैँ गाउँपालिका अध्यक्ष दिपक तिमल्सिना साकार ले धुम्रपान तथा सुर्तिजन्य पदार्थको प्रयोगले बालबालिका समेत कुलतमा फस्न सक्ने भन्दै अभिभावकहरुले समेत यस कुरामा ध्यान दिनुपर्नेमा जोडदिनुभयो । बालबालिकालाई धुम्रपान तथा सुर्तीजन्य पदार्थवाट टाढा राख्नको लागी आआफ्नै अभिभावकको हात रहेको उहाँको भनाई छ । साना–साना बालबालिकाहरुको अगाडी बसेर धुम्रपान गर्नेले सामाजमा बिकृति बढेको प्रति उहाँले गुनासो व्यक्त गर्नुभयो ।

धुम्रपान र सुर्तिजन्य पदार्थको निरुत्साहित गर्नेको लागी सचेतनामुलक कार्यक्रम गर्नेपर्ने साथै यसको लागी पालिकाको तर्फबाट सक्दो सहयोग गर्ने अध्यक्ष तिमल्सिनाले प्रतिबद्धधता जनाउनुभयो । बिद्यालय ब्यबस्थापन समितिका अध्यक्ष शिव रेग्मीको अध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिकाका अध्यक्ष तिमल्सिना, कार्यक्रम व्यवस्थापक अशोक दुवाडी लगायतले मन्तब्य राख्नु भएको थियो । नेपाल सरकार स्वास्थ्य मन्त्रालय स्वास्थ्य करकोषको आर्थिक सहयोगमा कार्यक्रम सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology