Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

आँबुखैरेनीबाट लागुऔषध सहित ३ जना पक्राउ


1.1K
Shares

आँबुखैरेनीबाट लागुऔषध सहित ३ जना पक्राउ

गोरखा, ३० फागुन । आबुखैरेनीबाट लागुऔषध सहित ३ जनालाई  प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा रुपन्देही सिद्धार्थ नगरपालिका–६ पिपरैया बस्ने ४० वर्षीय महेश चमार, तनहुँ रिसिङ गाउँपालिका–१ सपाङदी बस्ने २१ वर्षीय आकाश गाहा र तनहुँ देबघाट गाउँपालिका–२ बैदी बस्ने २१ वर्षीय सुरज थापा लाई रहेको ईलाका प्रहरी कार्यालय आँबुखैरेनीले जानएको छ ।

अस्थायी प्रहरी पोष्ट मुग्लिङ पुलजिपबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ जाँदै गरेको ना। ५ ख १८२ नम्बरको बसलाई चेकजाँच गर्ने क्रममा बसमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेकाहरुबाट नियन्त्रित लागूऔषध डाईजेपाम ११५ एम्पुल, फेनरागन ११५ एम्पुल र नुर्फिन ११५ एम्पुल फेला पारेको प्रहरीले जनाएको छ । पक्राउ परेका सबैलाई आजै लागुऔषध सम्बन्धी मुद्वा दर्ता गरी अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology