Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

काग्रेस गोरखाको अगुवा कार्यकर्ता प्रशिक्षण : पार्टी भित्र बिचार नभई भागबण्डाको लडाई भएको कोइरालाको दावी


4.4K
Shares

काग्रेस गोरखाको अगुवा कार्यकर्ता प्रशिक्षण : पार्टी भित्र बिचार नभई भागबण्डाको लडाई भएको कोइरालाको दावी

गोरखा १, चैत । नेपाली काग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले काग्रेस भित्र बिचार नभई भागबण्डाको लडाई रहेको बताउनु भएको छ । नेपाली काग्रेस गोरखाले शुक्रबार पार्टी कार्यालय तिनधारेमा आयोजना गरेको जिल्ला स्तरीय पार्टी कार्यकर्ता प्रशिक्षण कार्यक्रममा बोल्दै उहाँले काग्रेसको अहिलेको मुख्य लडाई भागबण्डाको लडाई भएको बताउनु भएको हो ।

‘पार्टी भित्र बिचारको लडाई छैन, भागबण्डाको लडाई छ, केन्द्रीय सदस्य कोइरालाले भन्नुभयो, ‘मलाई त्यहाँनेर चित्त दुखेको छ ।’ बिचारको आधारमा गुट नबनेकाले पार्टीमा समस्या सृजना भएको उहाँको भनाई छ । केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापति शेरबहादुर देउवाको कार्यशैलीका कारण पार्टी भित्र बिबाद समाधान हुन नसकेको भन्दै चर्को आलोचना समेत गर्नुभयो ।

आफ्नो कार्यकाल सकिदै लाग्दा सभापतिले केन्द्रीय सदस्य, बिभाग संयोजक, आमन्त्रित केन्द्रिय सदस्य मनोनित गर्नु सकारात्मक कार्य नभएको उहाँले बताउनुभयो । ‘१४ औं महाधिवेशनको मुखमा विभागहरु गठन गरेर केहि काम गर्ने समय नै बाँकी रहदैन, उहाँले भन्नुभयो, ‘समयमा बिभाग गठन गर्नसकेको भए त्यसले पार्टी हित हुन्थ्यो ।’

केन्द्रीय सदस्य कोइरालाले पार्टी सभापतीले महाधिवेशन सकिएको २ महिना भित्रमा गर्नुपर्ने काम आफ्नो कार्यकाल सकिनै लाग्दा गरेको भन्दै त्यस्तो कार्यशैली कहिल्यै पार्टी बन्न नसक्ने उल्लेख गर्नुभयो । उहाँले पार्टी भित्रका बिबादलाई हल गरेर अघि बढ्न सकेमात्र काग्रेसलाई सृदृढ पार्टीको रुपमा निर्माण गर्न सकिने भन्दै व्यक्तिगत फाईदाका लागि पार्टी हित बिपरित कसैले काम गर्न नहुने बताउनुभयो ।

प्रशिक्षण कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य कमला पन्त, चिनकाजी श्रेष्ठ, यज्ञबहादुर थापा, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्षद्धय डाक्टर स्वर्णिम वाग्ले, डा. गोबिन्द पोखरेल लगायतले प्रशिक्षणमुलक मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाली काग्रेस गोरखाका सभापति हरीबहादुर घलेको अध्यक्षतामा सम्पन्न भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology