Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

कुटपिटबाट एक जनाको मृत्यु


1K
Shares

कुटपिटबाट एक जनाको मृत्यु

काठमाडौं, २७ फागुन। कुटपिटबाट रौतहटमा एक जनाको मृत्यु भएको छ । राजदेवी नगरपालिका १ पथरा टोलका २५ वर्षीय गजेन्द्र दासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक परिवारका अनुसार बुधबार होलीको दिन स्थानीय गणेश यादवसहितका तीनजनाको समूहले उनलाई कुटपिट गरेका थिए । कुटपिटबाट सख्त घाइते दासको बिहीबार अपराहन्न साढे ४ बजे मृत्यु भएको प्रहरीले जनाएको छ ।

घटना पश्चात शवलाई पोस्टमार्टम गराइ परिवारजनको जिम्मा लगाइएको छ । घटनामा तीनजना संलग्न रहेको भन्दै मृतकका आफन्त भैरो दासले जिल्ला प्रहरी कार्यालय रौतहटमा किटानी जाहेरी दिनु भएको रौतहटका प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार सुस्त मनस्थिति (राम्ररी बोल्न नसक्ने) दासले एक चार वर्षीय बच्चाको हात समातेपछि उनीमाथि कुटपिट भएको थियो ।

टपिटमा संलग्न भएकाहरु फरार भएका छन् । उनीहरुको खोजी कार्य जारीरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology