गोरखा, २६ फागुन । गोरखाको अजिरकोट गाउँपालिकाले चालु आर्थिक बर्ष २०७९/०८० का दोस्रो चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम सम्पन्न गरेको छ । सुशासन, पारदर्शिता, बिकास निर्माण तथा गाउँपालिकाले प्रवाह गर्दै आएको सेवा प्रवाहको गुणस्तरीयता नागरिकहरुको सुझाव, जिज्ञासा र प्रतिक्रिया बुझ्न सार्वजनिक सुनुवाई गरिएको गाउँपालिकाले जनाएको छ ।
कार्यक्रममा सहभागीहरुले गाउँपालिकाले उपभोक्ता समिति मार्फत सम्पन्न भएका योजनाको काममा ढिलासुस्ती गर्ने गरेको गुनासो गरेका छन् । गाउँपालिकाले पालिका भित्रका रहेका हरेक बिद्यालयलाई नमुना बिद्यालय घोषण गर्न के के गर्नु पर्ला ? महिला बालबालिकाको शाखा महिलाको हकमा पालिकाले के कस्तो काम गदै आएको छ ? त्यस्तै बिद्युत रिडिङ ३ महिनमा १ पटक मात्रै हन्छ मोवाईल चलाउनेले त फोन पे गर्ला तर मोवाईल फोन सेबा नचलाउनेले कसरी तिर्ने बिद्युतमा महसुल तिर्ने जाँदा धेरै समय र पैसा लाग्ने भएको समेत नागरिकहरुको गुनासो रहेको छ ।
नागरिकले उठाएको प्रश्नको जवाफ दिनुहुदैँ गाउँपालिका अध्यक्ष दिपक देबकोटाले गाउँपालिकाले बिकास योजनाका कामहरु छिटो सक्काउने प्रतिद्धधता ब्यक्त गर्नुभयो । आफुसँग प्रसस्त अनुभव नभएपनि सबैसँग मिलेर बिकासको काम गर्ने भन्दै नागरिकहरुले उठाएका गुनासोलाई सम्बोधन गरेर अघि बढ्ने बताउनुभयो । ‘अहिले बिद्यालय र गाउँ बेरोजगार उत्पादन गर्ने कारखाना जस्तै बनेको छ’ उहाँले भन्नुभयो । स्थानीय तहलाई बलियो र सक्षम बनाएर मात्र संघियता बलियो हुन सक्ने उहाँको भनाई छ । साउन १ गते देखी गाउँपालिकाले २४ सै घण्टा स्वास्थ्यसेवा उपलब्ध गराई रहेको छ ।
अध्यक्ष देबकोटाका अनुसार प्रत्यक महिना फरक फरक बिशेषज्ञद्धारा स्वास्थ्य सेवा दिदै आएको उल्लेख गर्नुभयो । सार्वजनिक सुनवाई कार्यक्रममा उठेका प्रश्नको जवाफ दिनुहुदैँ गाउँपालिकाका निमत्ति प्रमुख प्रशासकिय अधिकृत सीताराम पन्तले गाउँपालिकाले नमुना बिद्यालय बनाउने काम अगाडि बढिरहेको साथै केही बिद्यालयहरु मर्ज गरिएको समेत बताउनुभयो । बालबालिका तथा महिलाको क्षमतम अभिद्धिको लागी १० लाख र बाल प्रतिभा पहिचानको लागी छ लाख बिनियोजन गरेको उहाँले बताउनुभयो ।
निमित्त प्रमुख प्रशासकिय अधिकृत पन्तले योजनाहरुको भुक्तानीका लागि एक पटकभन्दा बढी कार्यालय धाउनु नपर्ने समेत उल्लेख गर्नुभयो । उहाँले काजगपत्र नपुग्दा नपुग्दै भुक्तानी दिन नसकिने भएकाले पहिलो पटक नै नपुगेका कागजातको बारेमा राम्रो जानकारी दिएर पठाउने गरिएको बताउनुभयो ।
सोच नेपाल मिडिया एण्ड एड्भटाईजिङ प्रा.लिको समन्वयमा भएको सार्वजनिक सुनवाई कार्यक्रम बिभिन्न वडाका वडाध्यक्षहरु, गाउँकार्यपालिका सदस्य, वडा सदस्य, बिभिन्न शाखाका प्रमख तथा अन्य कर्मचारीसहित ५० जनाको सहभागिता रहेको थियो ।