Nagarik Sawal

२०८३ कार्तिक १४ शुक्रबार

२०८३ कार्तिक १४ शुक्रबार

अनेरास्ववियुद्धारा प्रतिबद्धतापत्र सार्वजनिक


1.7K
Shares

अनेरास्ववियुद्धारा प्रतिबद्धतापत्र सार्वजनिक

काठमाडौं,२६ फागुन । त्रिवि स्ववियु निर्वाचनका लागि अनेरास्ववियुले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ । आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै अनेरास्ववियुले आफ्नो प्रतिबद्धतापत्र सार्वजनिक गरेको हो । अनेरास्ववियुले निःशुल्क शिक्षा, स्वास्थ्य, दिगो स्वरोजगार सहितको समृद्ध नेपाल निर्माण हाम्रो अठोट, प्राज्ञिक उन्नयन र युवा वर्गको सबल नेतृत्वका लागि अनेरास्ववियुलाई भोट भन्ने मुल नारा अघि सारेको छ ।

अनेरास्ववियुले शिक्षामा सबैको पहुँच र निरन्तरताका लागि अनेरास्ववियुले के के पहल गर्नेछ भन्ने विषय उठान गरेको छ । जसमा शिक्षामा राज्यको लगानी बृद्धि गर्ने र निःशुल्क शिक्षाको लागि आवश्यक नीति तर्जुमा गर्न पहल गर्ने रहेको छ । त्यस्तै सम्भाव्यता तथा आवश्यकताका आधारमा त्रिभुवन विश्वविद्यालयका ठुला आंथिक क्याम्पसहरुलाई स्वायत्त विश्वविद्यालयका रुपमा स्थापना गर्न पहल गर्ने प्रतिबद्धता अनेरास्ववियुको छ ।

७७ वटै जिल्लामा कम्तीमा एक त्रिविको आंगिक क्याम्पस स्थापनाको लागि पहल गर्ने अनेरास्ववियुको प्रतिबद्धता रहेको छ । त्यस्तै अनेरास्ववियुको विशेष प्रतिबद्धतामा विश्वविद्यालय तथा क्याम्पसहरुलाई बन्दरहित सम्मानित क्षेत्रका रुपमा विकास गर्न तालाबन्दी, तोडफोड, आगजानी जस्ता ध्वंसात्मक क्रियाकलापको विपक्षमा रहने रहेको छ । त्यस्तै आन्दोलनमा हुने पदाधिकारी, प्राध्यापक, कर्मचारीमाथिको व्यक्तिगत आक्रमण तथा दुव्र्यवहारको विपक्षमा रहने र आर्थिक पारदर्शिता र प्राज्ञिक सुशासन कायम गर्ने अनेरास्ववियुको विशेष प्रतिबद्धता रहेका छन् ।

त्यस्तै अनेरास्ववियुले २३ वटा प्राथमिकतामा समेत तोकेको छ । जसमा अनिवार्य र निःशुल्क माध्यमिक शिक्षा सस्तो, सर्वसुलभ र गुणस्तरीय उच्च शिक्षा, अनुसन्धानका विद्यार्थीलाई रिसर्ट ग्रान्ट अत्याधुनिक ल्याब, प्रविध मैत्री आधुनिक पूर्वाधार लगायतका प्राथमितकता रहेका छन् । विद्यार्थी कल्याणका लागि अनेरास्ववियुले प्रत्येक आंगिक क्याम्पसमा आकस्मिक प्राथमिक स्वास्थ्य उपचारको व्यवस्था गर्ने, बहालमा बस्ने विद्यार्थीलाई विद्युत महशुलमा २५ प्रतिशतसम्म निःशुल्क प्रयोग गर्न पाउने छुटको व्यवस्था गर्न पहल गर्ने लगायतका रहेका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology