Nagarik Sawal

२०८३ कार्तिक १५ शनिबार

२०८३ कार्तिक १५ शनिबार

टिपरको ठक्करबाट मृत्यु भएका पत्रकारसहित दुईजनालाई क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन


700
Shares

टिपरको ठक्करबाट मृत्यु भएका पत्रकारसहित दुईजनालाई क्षतिपूर्ति दिन माग गर्दै प्रदर्शन

काठमाडौं,२६फागुन । बुधबार भएको सडक दुर्घटनामा मृत्यु भएका पत्रकार पवनलाल श्रेष्ठका परिवारलाई उचित क्षतिपूर्ति र दोषीलाई कारवाही गर्नुपर्ने भन्दै काठमाडौंको साँखुमा विरोध प्रदर्शन भएको छ । घटनाको निष्पक्ष छानविन हुनुपर्ने टिपर आतंक बन्द गर्नुपर्ने र पिडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने भन्दै स्थानीयले शुक्रबार साखुँ बसपार्क अगाडीको सडक अवरुद्ध गरेर विरोध प्रदर्शन गरेका हुन् ।

शङ्खरापुर नगरपालिका–९ इन्द्रेणी चोकमा बुधबार बेलुकी टिपरले ठक्कर दिँदा बा ९४ प ४४९८ नम्बरको मोटरसाइकलका चालक साँखुका ५० वर्षका पत्रकार पवनलाल श्रेष्ठ र बा ८२ प ८३५७ नम्बरको मोटरसाइकल चालक शङ्खरापुर–९ घर भएका २२ वर्षका हरि खड्काको मृत्यु भएको थियो ।

उक्त घटनाका बिषयमा बौद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । तर स्थानीयले भने साँखु प्रहरीमा नै टिपरसहित चालकलाई राखेर अनुसन्धान गर्न माग गरेका छन् । उनीहरुले टिपर चालकलाई उन्मुक्ति दिन लागिएको भन्दै प्रशासन बिरुद्ध नारावाजी गरेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology