Nagarik Sawal

२०८३ कार्तिक १३ बिहिबार

२०८३ कार्तिक १३ बिहिबार

उद्योग वाणिज्य संघ गोरखाद्धारा बिभिन्न संघ संस्थालाई आर्थिक सहयोय प्रदान


2.5K
Shares

उद्योग वाणिज्य संघ गोरखाद्धारा बिभिन्न संघ संस्थालाई आर्थिक सहयोय प्रदान

गोरखा, २५ फागुन । उद्योग वाणिज्य संघ गोरखाले ४९ औं स्थापना दिवसको अवसरमा बिभिन्न संघ संस्थालाई आर्थिक सहयोय प्रदान गरेको छ । संघले आज (बिहिबार) कार्यालय भवनमा विभिन्न कार्यक्रम गरी स्थापना दिवस मनाएको हो ।

आर्थिक सहयोय प्रदान गर्ने क्रममा संघले पत्रकार महासंघ गोरखाको निर्माणाधिन भबनकालागि ३० हजार दिएको छ । यस्तै बैधिक गुरुकुल विद्यालयमा अक्षयकोष स्थापनाका लागि रु २५ हजार, पुष्कर तिर्थ आरती समितिलाई १० हजार प्रदान गरिएको हो ।

सहयोग बापतको रकम बराबरको चेक आजै एक कार्यक्रमका बिच पत्रकार महासंघ गोरखाका अध्यक्ष नरहरि सापकोटा, गोरखक्षनाथ वैद्धिक गुरुकुलका अध्यक्ष बोधप्रसाद अधिकारी, पुष्करतिर्थ आरती समितिका संयोजक भगवानबाबु मास्केलाई संघका अध्यक्ष कृष्ण कुमार श्रेष्ठले हस्तान्तरण गर्नुभएको हो ।

कार्यक्रममा संघका अध्यक्ष श्रेष्ठले विगतका गतिविधिहरु र हाल सम्म संघका अध्यक्षहरुको योगदानको बारेमा जानकारी गराउनु भएका थिए । गोरखा उद्योग वाणिज्य संघ २०३० सालमा स्थापना भइ जिल्लामा निजी क्षेत्रमा आवद्ध व्यवसायीहरुको नेतृत्व गर्दै आएको छ ।

संघका अध्यक्ष श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बरिष्ठ उपाध्यक्ष भगवानबाबु मास्के,संघका पुर्व अध्यक्ष विश्वदेव श्रेष्ठ, पुर्व अध्यक्ष जीवनज्योति श्रेष्ठ, पत्रकार महासंघका अध्यक्ष नरहरी सापकोटा, गुरुकुल ब्यवस्थापन समिति अध्यष बोधप्रसाद अधिकारी लगायतले शुभकामना ब्यक्त गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology