Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बारपाक सुलिकोटले पालिकाको आफ्नै लोगो निर्माण गर्ने, उत्कृष्ट लोगो निर्माण गरे ३० हजार पुरस्कार


959
Shares

बारपाक सुलिकोटले पालिकाको आफ्नै लोगो निर्माण गर्ने, उत्कृष्ट लोगो निर्माण गरे ३० हजार पुरस्कार

गोरखा, २४ फागुन । गोरखाको बारपाक सुलिकोट गाउँपालकाले पालिकाको आफ्नै लोगो निर्माण गर्ने भएको छ । गाउँपालिकाले पालिका भित्रको भौगोलिक, प्राकृतिक, सांस्कृतिक तथा सामाजिक चरित्र झल्कने गरी लोगो निर्माण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत तुलसीराम आर्चायले जानकारी दिनुभयो ।

गाउँपालिकाले सार्वजनिक सूचना जारी गर्दै उत्कृष्ट लोगो निर्माण गर्ने व्यक्तिलाई ३० हजार रुपैया सहित पुरस्कृत गर्ने जनाएको छ । गाउँपालिकाको लोगो अन्य गाउँपालिकाको भन्दा भिन्न तथा पालिकाको मौलिकता झल्किने हुनुपर्ने र लोगोमा समावेश भएका चित्र शब्द संकेतहरुको व्याख्या तथा विश्लेषण समेत समावेश भएको हुनुपर्ने गाउँपालिकाले सार्वजनिक गरेरको सूचनामा उल्लेख छ ।

गाँउपालिकामा लोगो पेश गर्नेको लागी नेपाली नागरिकताको प्रतिलिपि, बिधार्थीहरुको हकमा बिधालयमा अध्ययनरत बिधालयको नाम र सम्बन्धित वडा कार्यलयको सिफारिस हुनुपर्ने प्रमुख प्रशासकिय अधिकृत आर्चायले बताउनुभयो । डिजाईन गरेको लोगोे रंगीन प्रिन्ट तथा एफो साइज पेपरको डिजिटल कपी र बिद्युतीय माध्यमवाट पनि गाउँपालिकामा पेश गर्न सकिने गाउँपालिकाले जनाएको छ ।

डिजाईन गरिएको लोगो आगामीचैत १० गते सम्म गाउँकार्यपालिकाको कार्यलयमा पेश गरिसक्नु पर्ने गाउँपालिकले सार्वजनिक गरेको सूचनामा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology